logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • इलामे जनताको शिर झुक्न दिने छुइन : सुहाङ नेम्बाङ

    इलामे जनताको शिर झुक्न दिने छुइन  : सुहाङ नेम्बाङ


    इलाम बैशाख १८ : इलाम क्षेत्र २ मा नव निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयले प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरे निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नु भएको छ । कार्यक्रममा प्रतिनिधि सभाका पुर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे , इलाम क्षेत्र १ प्रतिनिधि सभा सदस्य महेश बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।
    प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले मतदातालाई धन्यवाद दिनु भएको छ । एक एक मतको उच्च सम्मान गर्दै काम गर्ने छु । इलामे जनताको शिर झुक्न नदिने र बुबाको पथमा लाग्ने बताउनु भयो ।
    २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । आज बिहान सम्पन्न मतगणनामा  नेम्बाङले ५ हजार ८३० मतान्तरसहित बिजयी हुनुभएको हो ।
    निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याइनु भयो । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो ,
    रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् ।  ६९ हजार ३७४ मत गणना भएको थियो । ९०२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८१ बैशाख १८, मंगलवार १६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP