इलामः नेपाल रेडक्रस सोसाईटीको ६० औ स्थापना दिवस शनिबार इलाममा विविध कार्यक्रम सहित मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिंहबाहिनी उपशाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सोसाइटीको इलाम जिल्ला शाखाले सिंहबाहिनी र दानावारी उपशाखालाई माक्स र सेनेटाइजर हस्तान्तरण गरेको थियो । कार्यक्रममा दानावारी शाखालाई दुईवटा स्टेचर प्रदान गरियो ।
इलाम नगरपालिका वाड न ९ भञ्ज्याङको माछापुच्छ«े सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ईलामका सभापति शिव प्रसाद गौतम, निर्वतमान सभापति देवि गौतम, दानावारी उपशाखा सभापति मित्रप्रसाद गौतम लगायतले मन्तव्य राखेका थिए ।
सिंहबाहिनी उपशाखा सभापति राजिप न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बक्ताहरुले रेडक्रसको भुमिका र आवश्यकताबारे चर्चा गरेका थिए ।
रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ । यो संसारले धेरै यूद्धहरु खेपेको छ, रक्तपातको ईतिहास बोकेको छ अनि हरेक यूद्धमा कैंयनका सख्यामा घाईतेहरु उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरुमा कार्यरत छ ।
अस्पताल, स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरु चिनाउनकालागि यही रातो क्रस चिह्नको प्रयोग गरिन्छ, पछील्लो समयमा रेडक्रस अनि स्वास्थ्यसेवाको चिह्नलाई फरक देखाउने विभिन्न प्रयास भएपनि आजको संसारमा एउटा बुझ्ने उमेरको सानो बच्चाले पनि रातो क्रस देख्ने वित्तिकै सहजै स्वास्थ्य सेवा भनेर बुझ्दछ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को शुरुवात भएको हो । सम्पूर्ण ७५ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ । स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरु विधार्थी, यूवा स्वयमसेवी अनि स्वंसेवी शिक्षकहरु, समुदायका ब्यक्तिहरुले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमीमा रेडक्रसले विपद ब्यवस्थापनमा ठूलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धताकालागि रेडक्रस अद्वितिय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र वेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न रेडक्रसको उल्लेखनिय भूमीका नेपालमा रहेको छ ।
प्रतिक्रिया