इलाम : इलाम नगरपालिका वाड न ८ ले कृषकलाई व्यवसायीक तरकारी खेतीमा टेवा पुर्याउने उदेश्यले आठ सय जना कृषकलाई बेमौसमी तरकारीको विउ वितरण गरेको छ ।
वडा कार्यालयको आर्थिक सहयोगमा शेर्पा मल्टी टे«निङ्ख सेन्टर प्राली इलामले विहीबार र सुक्रबार आयोजना गरेको बेमौसमी तरकारी खेती तालिम तथा उन्नत जातको विउ विजन वितरण कार्यक्रम आयोजना गरेर कृषकको माग अनुसारको तरकारीको विउ वितरण गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दलमान तामाङले वडाबासीलाई कृषिमा व्यवसायीक बनाउन विउ वितरण गरेको बताए । वडाले गत बर्ष पनि स्थानीय कृषकहरुलाई तालिम सञ्चालन गरेको थियो । आयोजक टे«निङ्ख सेन्टरका प्रमुख लासाङ शेर्पाले वडाले कृषि क्षेत्रमा निरन्तर रचनात्मक काम गरिरहेको बताए ।
प्रतिक्रिया