logo
  • २०८२ चैत्र १९, बिहीबार | Thu, 02 Apr 2026
  • सवारी दुर्घटनामा इलामका दुई युवाको मृत्यु

    सवारी दुर्घटनामा इलामका दुई युवाको मृत्यु

    निशान निरौला , मंसिर १३:

    इलाममा शनिबार भएको सवारी दुर्घटनामा परी  दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी  इलाम नगरपालिका  ९ गोलबस्ती बस्ने  २६ बर्षका   डेविट थापा मगर र  माईजोगमाई गाउँपालिका १ नयाँबजार घर भई इलाम बजार  बस्ने १८ बर्षका  छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला  प्रहरी कार्यलय इलामका सुचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले  जानकारी दिनु भएको छ  ।
    करीब ३ बजे मेचिराजमार्गको इलाम  नगरपालिका ९ भञ्ज्याङ गोलाईमा  झापाबाट इलाम तर्फ आउदै गरेको ट्रक र बिपरित दिशा तर्फ जादै गरेको स्कुटर दुर्घटना भएको थियोे ।
    १-०१-००१ ख ४१०१ न.को ट्रक र  प्रदेश १-०१-०१२ प ४८९९ न.को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार   मगरको पेटमा गम्भिर चोट र   शेर्पाको टाउको र खुट्टामा गम्भिर चोट लागि दुबै जना गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल इलाममा ल्याएकोमा उपचारको क्रममा   डाक्टरले दुबै जना घाइतेलाई मृत घोषणा गरेको हो ।
      ट्रक चालक इलाम नगरपालिका ५   बिब्ल्याटे बस्ने  २५ बर्षका  राम प्रसाद श्रेष्ठ  जिल्ला प्रहरी कार्यलल इलामको नियन्त्रणमा रहेका छ्न ।



    निगरानी    
  • २०८२ मंसिर १३, शनिबार १७:०३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP