इलाम १२ जेठ : तीन दिवसीय उद्घोषण तालिम मंगलबार देखि इलाममा सुरु भएको छ। महिला जागरण संघ इलाम र सेतीदेवी बहुद्देश्य सहकारी संस्था लिमिटेड इलामको आयोजनामा सञ्चालित तालिममा २० जनाको सहभागिता रहेको छ।
महिला जागरण संघ र सेतिदेवि बहुउद्देश्यीय सहकारी संस्थाका संचालक तथा समुहका पदाधिकारीको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको संघकी सचिव कमला बरालले बताउनु भएको छ ।

महिलाहरूलाई लक्षित गरेर क्षमता विकास गर्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको संघकी अध्यक्ष अनुजा शिवाकोटीले बताउनु भयो । साथै समय सापेक्ष बनाउन पुनर्ताजकी गराउन सहयोग हुने भएकोले तालिमको आयोजना गरिएको उहाँको भनाइ छ।

तालिमको उद्घाटन महिला जगत महिला जागरण सङ्घ इलामकी अध्यक्ष अनुजा शिवाकोटीको अध्यक्षता र सेतीदेवी बहुद्देश्य सहकारी संस्था लिमिटेड इलामकी अध्यक्ष सुभद्रा अधिकारीको प्रमुख अतिथ्यतामा भएको थियो। तालिममा सेतीदेवी बहुउद्देश्य सहकारी संस्था लिमिटेडकी उपाध्यक्ष रोमी पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। तालिमको सहजीकरण सञ्चारकर्मी सविता पाण्डेले गरिरहनुभएको छ।
प्रतिक्रिया