logo
  • २०८३ जेष्ठ ९, शनिबार | Sat, 23 May 2026
  • नेपाल पत्रकार महासंघ इलाम शाखाको १९औँ सम्पन्न

    नेपाल पत्रकार महासंघ इलाम शाखाको १९औँ सम्पन्न

    इलाम , ९ जेठ : नेपाल पत्रकार महासंघ इलाम शाखाको १९औँ साधारणसभा शुक्रबार इलाम नगरपालिका–७ स्थित जिल्ला समन्वय समिति इलाम को सभाहलमा सम्पन्न भएको छ । महासंघ इलाम शाखाका अध्यक्ष भिम चापागाईको अध्यक्षता तथा महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    साधारणसभाको अवसरमा इलामका अग्रज पत्रकारहरू सोम सुसेली, विजयशेखर भट्टराई , तोयानाथ भट्टराई , सटेन्द्र जबेगु , कोकिला ढकाल , शिव मुखिया , राजु शिवालाई सम्मान गरिएको थियो । साथै महासंघ इलाम शाखाद्वारा स्थापना गरिएको ‘समावेशी पत्रकारिता पुरस्कार–२०८३’ बाट सोम सुनुवारलाई प्रदान गरिएको छ।

    कार्यक्रममा प्रमुख अतिथि दाहाल, विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, नेपाल पत्रकार महासंघ कोशी सचिव ध्रुव भट्टराई,  इलाम नगरपालिकाका प्रवक्ता एवम वडाध्यक्ष नुतनदेव दुलाल, कोषाध्यक्ष सुदिप कोइराला, सम्मानित सोम सुसेली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, इलामका सल्लाहकार राम योङहाङ, पूर्व अध्यक्ष विप्लव भट्टराई, प्रेस युनियन इलाम अध्यक्ष सविता पाण्डे, प्रेस चौतारी इलाम अध्यक्ष मनोज अधिकारी, प्रेस सेन्टर नेपाल इलाम अध्यक्ष नमिन ढकाल, गैसस महासंघक प्रतिनिधि दिपा ढकालले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा उपाध्यक्ष सुनिता राईले स्वागत मन्तव्य राखेकी थिइन् । साधारणसभाको बन्दसत्रमा इलाम शाखाका कोषाध्यक्ष भगिरथ भण्डारी ले आर्थिक वर्ष २०८२/८३ को ११ लाख ९० हजार ६ सय ६० रुपैयाँ बराबरको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी शाखाका सचिव टिका खतिवडाले सांगठनिक तथा प्रगति प्रतिवेदनसँगै भावी योजनासमेत प्रस्तुत गरेका थिए ।



    निगरानी    
  • २०८३ जेष्ठ ९, शनिबार २२:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP