इलाम , १ जेठ :
इलाम नगरपालिका वाड न १० स्थित पुर्ण स्मारक माध्यमिक विद्यालयमा वातावरण संरक्षण सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
इलाम नगरपालिकाका सामुदायिक विद्यालयमा वातावरण संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम अन्तर्गत विद्यार्थीलाई अभिमुखीकरण गरिको जनाइएको छ ।

इलाम नगरपालिका र प्रकृति रिसोर्सेस सेन्टर काठमाडौको सहयोग र सहयात्रा नेपाल इलामको आयोजनामा भएको कार्यक्रममा बाल क्लब गठन गरी कार्ययोजना समेत तयार गरिएको छ। विद्यालयमा वातावरण क्लब गठनले वातावरण संरक्षणको लागि साथै विद्यार्थीको अतिरिक्त क्षमता विकास हुने इलाम नगरपालिका १०का वडाअध्यक्ष ओमनाथ प्रधानले बताउनु भयो । उहाँले वातावरण संरक्षण सम्बन्धि गतिविधि संचालन गर्न वडा कार्यलय बाट सहयोग गर्ने बताउनु भएको छ ।

पुर्णस्मारक माविका प्रधानाध्यापक मीना आचार्यले विद्यार्थीको पढाई संगै वातावरण संरक्षण बारे सिक्ने र समुदायलाई समेत सिकाउन सक्ने भएकोले महत्त्वपूर्ण रहेको बताउनु भयो ।
सहयात्रा नेपाल सस्थाकी अध्यक्ष हेमकुमारी शिवाले विद्यार्थीलाई वातावरण संरक्षण बारे सचेत बनाउदा घर परिवार र समुदायलाई सचेतना फैलाउन सहयोग पुग्ने बताउनु भयो । विद्यालय स्तरमा वातावरण संरक्षण सम्बन्धि कार्यक्रमलाई निरन्तर रुपमा संचालन गर्दै लैजाने बताउनु भएको छ ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्मका ६७जना विद्यार्थी सहभागी भएका थिए । तालिममा सुबोध निरौलाले सहजीकरण गर्नु भएको थियोे । इलाम नगरपालिकाले फोहोरमैला तथा वातावरण संरक्षणको लागि बालबालिकाहरुलाई यस सम्बन्धी ज्ञान, सिप र क्षमताको विकास गराई विद्यार्थीहरु मार्फत् यस कार्यक्रमलाई विद्यालय , घर, टोल, बडा हुँदै नगरव्यापी रुपमा विस्तार गर्ने उद्देश्यले निर्देशिका तयार गरि कार्य गर्दै आएको छ । बिधालयमा वातावरण क्लब गठन गरी विद्यालय र समुदायमा वातावरण संरक्षण बारे सचेतना जगाउन साथै गतिविधिहरु संचालन गर्ने सकिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया