logo
  • २०८३ बैशाख २६, शनिबार | Sat, 09 May 2026
  • साहित्यकार क्षेत्रीको योगदान र  जीवनी बारे इलाममा बिमर्श

    साहित्यकार क्षेत्रीको योगदान  र  जीवनी बारे इलाममा बिमर्श


    इलाम , १३ चैत : साहित्यकार  लीलबहादुर क्षेत्रीको साहित्यिक योगदान र  जीवनी बारे इलाममा बिमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक सङ्घ इलामको आयोजनामा बुधबार इलाममा आयोजना भएको क्षेत्रीको तेह्रौं पुण्य तिथिमा श्रद्धाञ्जली सभा र साहित्य , व्यक्तित्व र जीवनी बारे अन्तर्किया भएको थियो ।
    आख्यानकार लीलबहादुर क्षेत्रीको कृतित्व , व्यक्तित्व कृतित्व र जीवनी सम्बन्धि महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका सहप्राध्यापक राजेन्द्र बरालले कार्पपत्र प्रस्तुत गर्नु भएको थियोे भने  कार्यपत्र माथि टिप्पणी प्राध्यापक तथा मानवअधिकारकर्मी  तीर्थ निरौलाले गर्नु भएको थियो । नेपाली लेखक संघ इलाम अध्यक्ष हरि फुयालको अध्यक्षतामा भएको कार्यक्रममा  खगेन्द्र पीठाकोटे, देवी गौतम , प्रकाश थाम्सुहाङ लगायतले साहित्यका क्षेत्रको साहित्यक योगदानबारे चर्चा गर्नु भयो । कार्यक्रममा  प्रतिभा पौडेल , पवित्रा घिमिरे,  जयनारायण भट्टराई , शिव अधिकारी लगायतले रचना वाचन  गर्नु भएको थियो । कार्यक्रममा  दुईदर्जन बढी सर्जकहरुको उपस्तिथि रहेको थियोे ।



    निगरानी    
  • २०८१ चैत्र १३, बुधबार १७:०९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP