logo
  • २०८२ चैत्र १९, बिहीबार | Thu, 02 Apr 2026
  • इलाममा यौन तथा प्रजनन स्वास्थ सेवा प्रभावाकारी बनाउन आवश्यक रहेकोमा जोड

    • निगरानी
    • २०८२ चैत्र १७, मंगलवार १९:०६ गते
    इलाममा यौन तथा प्रजनन स्वास्थ सेवा प्रभावाकारी बनाउन आवश्यक रहेकोमा जोड

    सविता पाण्डे ,इलाम , १७ चैत :

    दुर्गम क्षेत्रका समुदायहरुको यौन तथा प्रजनन स्वास्थमा सुधार गर्न सचेतता तथा सेवा बिस्तार गर्नु पर्नेमा जोड दिइएको छ ।  ‘इलामला कम पहुँच र दुर्गम समुदायहरुको यौन तथा प्रजनन स्वास्थमा सुधार गर्ने ‘ परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक परिक्षण बारे इलाममा  मंगलबार भएको छलफलका सहभागीले दुर्गम भेगका नागरिकहरू अझै पनि आधारभूत यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित रहेको बताएका छ्न । परियोजनाको कार्यान्वयन, स्रोतको परिचालनको नियमितता, पारदर्शिता, सेवा प्रवाहको अवस्था, सेवाको गुणस्तर, प्रभावकारिता बारे इलाममा भएको सामाजिक परिक्षण बारे भएको छ्लफल  कार्यक्रमका सहभागी यस्तो बताएका हुन ।

    समाज कल्याण परिषदको परियोजना सम्झौता निर्देशिका २०७१ अनुसार सामाजिक परिक्षण अन्तर्गत विभिन्न स्थानीय तहहरु, सेवाग्राहीहरु, स्वास्थ्य स्वयंसेविकाहरु, तथा सरोकारवाला निकायहरुसंग गरेको छलफल र सुझावहरु बारे जानकारी तथा जिल्ला स्तरीय सरोकारवाला निकायहरुको सुझावलाई समावेश गर्दै प्रभावकारी कार्यान्वयनको लागि कार्ययोजना तयार गर्न बैठक राखिएको थियोे । छ्लफलमा सहभागीले
    जनचेतनाको कमी, स्वास्थ्य संस्थाको सीमित पहुँच, दक्ष जनशक्तिको अभाव तथा सामाजिक–सांस्कृतिक संकोचका  कारणले सेवा प्रवाह प्रभावकारी हुन नसकेको बताएका छ्न । गोपनीयताको कारण सेवा लिन सेवाग्राहीले अप्ठ्यारो मानेको कारण पनि सेवा प्रभाकारी हुन नसकेको बताएका हुन ।

    सुनौलो परिवार नेपालले विगत तीन दशक देखि मेरी स्टोप्स् इन्टरनेशनल, वेलायतको सहयोगमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखा तथा सरोकारवाला निकायहरुको सहयोग तथा समन्वयमा नेपालका विभिन्न जिल्लाहरुमा यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । इलाम जिल्लामा परियोजना संचालन भएको स्थानीय तह रोङ गाउँपालिका , सुर्योदय नगरपालिकामा  पालिका स्तरमै छ्लफल गरिएको थियोे ।

    जिल्ला स्तरीय छ्लफलकार्यक्रम जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईको अध्यक्षता भएको थियोे । कार्यक्रममाइलाम नगरपालिकामा , स्वास्थ कार्यलय , इलाम अस्पताल , स्थानीय प्रशासन , प्रहरी कार्यलय , सन्चारकर्मी  लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ । 

    कार्यक्रममा सहभागीले स्थानीय तहको सक्रिय भूमिका, समुदायको सहभागिता र सरोकारवाला निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिएका छ्न
    सेवाको पारदर्शिता, उत्तरदायित्व र गुणस्तर अभिवृद्धिका लागि सामाजिक परीक्षण प्रभावकारी माध्यम भएको सहभागीले बताएका थिए। यसले सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी घटाउँदै विश्वासको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।
    कार्यक्रममा परियोजना बारे   सुनौलो परिवार नेपालका प्रतिनिधि कुमार आचार्य र पृष्ठभुमि र कानुनी ब्यवस्था बारे  सामाजिक परीक्षक अर्जुन अधिकारीले जानकारी गराउनु भएको थियोे ।  



    निगरानी    
  • २०८२ चैत्र १७, मंगलवार १९:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP