कुटपिट गरि हत्याको आरोपमा नौ पक्राउ 

कुटपिट गरि हत्याको आरोपमा नौ पक्राउ 

इलाम:इलामको चुलाचुली गाउँपालिकामा दमकस्थित भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज ५ साँझ धारिलो हतियार र ढुङ्गा प्रहार गरि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमणबाट गुरुङ्गको मृत्यु भएको थियो । अपराधिक पृष्टभुमिका गुरुङलले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरुमिलेर कुटपिट गर्दा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।

धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गरि सार्वजनीक गरिएको हो ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका इलामका शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, नरेश कुमार याखा, अभिषेक केरुङ, सेसेयाङ याखा, चन्द्र कुमार यवा, डम्बर यवा , नरेन्द्र तुम्रोक, बिक्रम हिङमाङ (नेपाली) र पर्शु राई रहेका छन् । उनीहरुले आफुहरु हत्यामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घट्‍ना भन्दा ३ दिन अगाडी मृतक एल.बि.भन्ने लाल बहादुर गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले सञ्चार जारी गरेको विज्ञप्तिमा भनिएको छ “मृतकको नजिकमा बसोबास गर्ने चोर दावा भन्ने दावा तामाङ संग पहिला देखीनै रिसिबि रही मृतकले निजलाई खोजी गरी रहेकोमा उक्त दावा तामाङलाई हामीहरुले पक्राउ गरेका छौ आउनु भनि आरोपिहरुले मृतको श्रीमतिको मोवाईलमा सम्पर्क गरी घट्ना स्थलमा बोलाएको देखिन्छ ।”
अनुसन्धानको क्रममा घट्‍ना स्थलमा मृतकलाई हान्न प्रयोग भएको रगत जस्तो रातो पदार्थ लागेका ढुङगाहरु फेला परेको प्रहरीले जनाएको छ ।

घट्‍ना प्रयोग गरे पश्च्यात झ्याम्ले भन्ने नरेश कुमार याखाले घरमा लगी राखेको दाप सहितको खुकुरी आफ्नै घर पछाडीको खेतबाट भिझेको अवस्था फेला पारिएको प्रहरीले जनाएको छ ।

घट्‍ना स्थल नजिकै मृतकले उक्त स्थान सम्म आउन प्रयोग गरेको को १९ प ३७२५ नम्बरको मोटरसाईकल दुबै टायर काटिएर लडाएर फालिएको अवस्थामा फेला पारी बरामद गरीएको थियो ।