इलाममा शान्तिपुर्ण रुपमा मतदान जारी , ५० प्रतिशत मत खस्यो

इलाममा  शान्तिपुर्ण रुपमा मतदान जारी , ५० प्रतिशत मत खस्यो


इलाम बैशाख ३०

इलाम जिल्लाको १० वटै पालिकामा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनु भएको छ । २ बजेसम्म जिल्लभर करिव ५० प्रतिशत मत खसेको जनाइएको छ । मतदाता उत्साहका साथ आफ्नो नजिकको सरकार चयनको लागि मतदामा सहभागी भइरहेका छ । मतदान प्रकियामा जेष्ठ नागरिक अपाङ्ख भएका नागरिक सबैको उत्साजनक सहभागिता छ ।


जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि राम्रो रहेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्खानाले बताउनु भयो । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा धमाधम मतदान भैरहेको हो । जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ८१ वटा वडामा मतदान भइरहेको छ । निर्वाचन बाट ४ सय २५ जना प्रतिनिधी निर्र्वाचित हुनेछन । जसमध्यो ५ जना सदस्य निविरोध भइसकेका छन । ४ सय २५ जनाको लागि १ हजार ३ सय १९ जना उम्मेद्धार चुनावी प्रतिस्पर्धामा छन ।
इलाममा २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन । जसमध्ये पुरुष १ लाख १५ हजार ५ सय ५४ जना र महिला १ लाख ९ हजार १ स ९२ महिला रहेका छन भने २ जना अन्य छन । जिल्लाभर १ सय ५१ वटा मतदान स्थल र २ सय ८५ वटा मतदान केन्द्र रहेको छ ।