इलाममा कोरोना संक्रमित कैदीको मृत्यु

इलाममा कोरोना संक्रमित कैदीको मृत्यु


इलाम ,बैशाख २९

इलाममा कोरोना संक्रमित एक जना कैदीको मृत्यु भएको छ । देउमाई नगरपालिका–६ का ३५ बर्षिय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले जानकारी दिनु भएको छ ।
उनलाई जेल सार्नका लागि झापा लैजाने क्रममा मेची अस्पतालमा परीक्षण गर्दा गत बैशाख २७ कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो । उनलाई पेटको समस्या रहेको जनाईएको छ । शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने जनाईएको छ । इलाममा कोभिडका कारण यस अघि जनाको मृत्यु भैसकेको छ । इलाममा आज १३ जना संक्रमित थपिए सँगै संक्रमितको संख्या २ सय ९ पुगेको छ । ९ जना निको भइसकेका छन ।