संगै काम गरेका पत्रकारको निधन भएपछि रवी लामिछाने पुगे श्रदान्जली दिन आर्यघाट

संगै काम गरेका पत्रकारको निधन भएपछि रवी लामिछाने पुगे श्रदान्जली दिन आर्यघाट

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुख हुनुहुन्थ्यो ।

कलेजोको रोगका कारणले असामयिक निधन हुनुभएका स्व आचार्यको आइतबार नै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिएको छ ।पारिवारिक सदस्य तथा शुभचिन्तकहरुको सहभागितामा उहाँको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

उहा कलेजोसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। केहि दिन अगाडी वीर अस्पतालमा उनको उपचार भएको थियो। उपचारपछि घर फर्किएका आचार्यलाई पुनः सो समस्याले च्यापेपछि शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका आचार्य पछिल्लो दुई वर्षदेखि न्यूज-२४ मा समाचार प्रमुखका रूपमा कार्यरत थिए। त्यस्तै उनले लामो समयसम्म पत्रकारिता केन्द्रीय विभाग रत्नराज्य लक्ष्मी कलेजलगायतमा पत्रकारिता विषयको प्रशिक्षणमा समेत सक्रिय थिए। श्रद्धाञ्जली कार्यक्रममा च्यानलका अध्यक्ष अनिल जोशीले उहाँको योगदानको चर्चा समेत गर्नुभयो । न्युज २४ टेलिभिजनले एक कुशल सारथी गुमाएको उहाँले बताउनुभयो ।

यस्तै, सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्ताेता एवं न्यूज २४ का कार्यकारी निर्माता रवि लामिछानेले विगतमा सँगै काम गरेदेखि न्यूज २४ सम्म उहाँले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । उहाँले पत्रकारिताको क्षेत्रमा आचार्यले निर्वाह गर्नुभएको भूमिका प्रेरणायोग्य भएको बताउनुभयाे ।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उहाँका श्रीमती, एक छोरी हुनुहुन्छ ।