प्रेस युनियन इलामको अध्यक्षमा पाण्डे

Share This
  •  
  • 141
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    141
    Shares
प्रेस युनियन इलामको अध्यक्षमा पाण्डे

इलाम ,माघ १७

पत्रकार सविता पाण्डे नेपाल प्रेस युनियन इलामको अध्यक्षमा चयन हुनु भएको छ । युनियनको शनिवार बसेको बैठकले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । तत्कालनी अध्यक्ष विप्लप भट्ठराईको अध्यक्षतामा बसेको विशेष बैठकले यस्तो निर्णय गरेको हो । पाण्डे यस अघि शाखाको उपाध्यक्ष र तीनकार्यकाल कोषाध्यक्ष हुनु भएको थियो । २०६४ साल देखि रेडियो बाट पत्रकारीता सुरु गर्नु भएकी पाण्डेले इलामबाट संचालित रेडियो नेपालबाणी एफ एम , इलाम एक्सप्रेस , विराटनगरमा रहेको मकालु टेलिभिजनमा जिल्ला सम्बादाता , काठमाण्डौबाट प्रकाशित हसना म्यागेजिनमा सम्बादाता भएर लामो समय काम गर्नु भएको थियो । पत्रकारीतामा महिलाका मुद्धालाई प्राथमिकतामा राख्नुहुने पाण्डे हाल रेडियो नेपालको सम्बादाता र निगरानी डटकमको कार्यकारी सम्पादक हुनुहुन्छ । यसैगरी युनियनको उपाध्यक्षमा विनय तिम्सिना चयन हुनुभएको छ ।