logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • इलाममा श्रीमानले श्रीमतीको हत्या गरे

    इलाममा श्रीमानले श्रीमतीको हत्या गरे


    इलाममा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । सूर्योदय नगरपालिका वडा नम्बर ५ खर्वनीका दिनेश तामाङले आफनै श्रीमती २२ वर्षीय गीता तामाङको कुटेर हत्या गरेको प्रहरीले जनाएको छ । २८ बर्षीय तामाङले घर भन्दा २ घण्टाको दुरीमा रहेको सिकारी गाउँमा आईतबार साझ श्रीमती गीताको आपसी झगडाका कारण हत्या गरेका हुँन ।
    आफन्तकोमा ढोगभेट कार्यक्रममा गएर घर फर्कने क्रममा जंगलमा तामाङले श्रीमतीको हत्या गरेर फरार भएका हुन । राती ९ बजे स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरे पछि घटना स्थलमा प्रहरी पुगेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटीएको प्रहरी टोलीले घटना अनुसन्धान गरीरहेको छ । प्रहरी निरीक्षक राईले बिगत देखि नै झगडा भैरहने गरेका कारण आपसी बिवादकै कारण तामाङले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धान देखिएको बताउनु भयो । हत्या गरी फरार रहेका तामाङको खोजीका लागि प्रहरी निरीक्षक राईको कमाण्डमा ५० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।



    निगरानी संवाददाता    
  • २०७७ फाल्गुन ३, सोमबार १५:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP