इलाम १ (क)मा एक बर्ष सम्म ‘टोलमा कांग्रेस अभियान’

इलाम १ (क)मा एक बर्ष सम्म ‘टोलमा कांग्रेस अभियान’

माइजोगमाईः नेपाली कांग्रेस इलामको प्रदेश सभा क्षेत्र न १ (क) समितिले एक बर्ष सम्म टोलमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिले मंगलबार इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा आयोजना गरेको प्रथम प्रदेश सभा क्षेत्रीय सम्मेलनले नेपाली कांग्रेसले आफ्नै टोल समितिलाई उपेक्षा गरेको भन्दै एक बर्ष सम्म इलाम क्षेत्र न १(क)का १८ वडामा टोल केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना पारित गरेको हो ।
सम्मेलनले पारित गरेको सांगठनिक प्रतिवेदनमा भनिएको छ ‘टोल समितिहरु नाम मात्रका बनाइयो । वडा सम्मेलन अघि टोल सम्मेलन गर्ने प्रवन्ध नगरे सम्म मतदाता सम्म पार्टी पुग्दैन त्यसैले पार्टीले प्रमुख प्राथमिकता टोल समितिलाई दिन आवश्यक छ ।’
कांग्रेसले अभियानका क्रममा वडा अध्यक्ष र टोल समिति समितिका पदाधीकारी र सदस्यहरुका लागि राजनीतिक र क्षमता विकासका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक वडामा १ जना कार्यसमिति सदस्यलाई जिम्मेवारी तोकेर वडा प्रोफाइ तयार गनर्,े जन अपेक्षा संकलन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने जनाएको छ ।
‘टोल प्रतिनिधिबाटै जनअपेक्षा संकलन गरेर सम्बन्धीत क्षेत्रबाट समस्या समाधानका लागि पहल गरिने छ ।’ प्रदेश सभा क्षेत्रीय समिति सभापति मैया लिम्बुले भनिन् । उनका अनुसार नागरिकसंग सहकार्य गरेर स्थानीय आवश्यकता समाधानमा सहकार्य गर्ने समेत कांग्रेसको योजना रहेको छ ।
सम्मेलनले अब पार्टीको कार्यक्रम नागरिकको जनजिवीकासंग जोडिएर आउनु पर्ने उद्घोष गरेको समितिकी सचिव कुसुम दहालले बताइन् । उनका अनुसार सम्मेलनले कृषि, शिक्षा, स्वास्थ्य, पुर्वाधार आदि हेर्ने विभाग निर्माण गरेर त्यस क्षेत्रको समस्यासमाधान गर्न पहल शुरु गर्ने योजना समेत पारित गरेको छ ।
सम्मेलनमा कोशी प्रदेशका सांसद समशेर राई नेपाली कांग्रेस कोशी समिति सदस्य हरिकला श्रेष्ठ , महाधिवेशन प्रतिनिधि प्रविना राई, समितिका उपाध्यक्ष ज्ञान बहादुर राई, जिल्ला सदस्य हुकुम थेवे लगायतले सम्बोधन गरेको सम्मेलनमा राजनीतिक प्रतिवेदन समेत पारित गरिएको थियो । राजनीतिक प्रतिवेदनमा रुपान्तरीत कांग्रेस निर्माणका लागि विधि सम्मत रुपमा काग्रेस अघि बढ्नु पर्ने उल्लेख गरिएको छ । सम्मेलनका क्रममा नेपाली काग्रेसमा लामो समय योगदान गरेका माइजोगमाई गाउँपालिका ३ का दिल बहादुर थामीलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको अर्का सचिब मनोज लाप्चाले जानकारी दिए ।

सम्मेलनमा पेश भएको राजनीतिक प्रतिवेदनका मुख्य अंशः
कांग्रेसले नियालेका पाँचधार ः
ड्ड पहिलो, नेपाली कांग्रेसले लिएको राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र मान्ने धार ,
ड्ड दोस्रो, एकदलीय निरंकुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिष्ट धार,
ड्ड तेस्रो, परम्परावादी राजावादी दक्षिणपन्थी विचार
ड्ड चौथोमा जातीय अतिवाद र क्षेत्रीय अतिवाद
ड्ड पाँचौ, नबोदित आधुनीक, प्रगतीशिल धार
यी धारहरुले कांग्रेसलाई चुनौती र अवसर दुबै थपेको छ । पुरानो दल भएर पनि जनताको भावना समेटेर जनता समक्ष फर्कने कार्यदिशा अव नेपाली काग्रेसले निर्माण नगरे कार्यकर्ता पलायन हुने र लोकतन्त्रको जग समेत संकटमा पर्ने अवस्था आएको छ । यो अवस्थामा गाउँ देखि केन्द्र सम्मको नेतृत्वले परम्परागत कार्यशैली परिवर्तन गर्नु आवश्यक छ ।
अबको यात्रा ः रुपान्तरित नेपाली कांग्रेस
कांग्रेस परम्परामा नागरिकको सामुहिक चेतना अभिवृद्धीको अभियान छ । जहाँनिया राणा शासन र निरकुश राजतन्त्र विरुद्ध सशस्त्र संघर्ष र शान्तिपूर्ण आन्दोलनको गौरवमय विगत छ । वीपी कोइराला र उनका सहयात्रीहरुबाट नेपालको लोकतान्त्रिक आन्दोलनले प्राप्त गरेको उचाई नेपालको राजनीतिक इतिहासमा स्वर्णाक्षरले लिपिवद्ध छ । कांग्रेसको गौरवशाली संघर्ष, त्याग र समर्पण भावको कारण कांग्रेस नेपाली जनताको भरोषा र विश्वास जित्न सफल भएर विगतमा कैयन पटक सरकारको नेतृत्व गर्न पुग्यो । कांग्रेस नेतृत्वको सरकार संचालनमा नेपाली समाजको रुपान्तरणको अभियानले अपेक्षित सफलता पाउन सकेन । कांग्रेस अलमलियो ! कांग्रेसका कमी कमजोरीहरुबाट फाईदा उठाएर देशको राजनीतिमा उग्रबामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भयो । तसर्थ अब कांग्रेसले आफ्नो इतिहासलाई साक्षी राखेर रुपान्तरित काग्रेस निर्माण गरिनु पर्दछ ।
“पार्टी सत्तामा गए पछि पार्टीलाई सुकिला मुकिलाहरुले कब्जा गर्नेछन् र त्यसको विरुद्ध सच्चा कांग्रेसीहरुले एकपटक फेरी लड्नु पर्नेछ“ भन्ने विपी कोइरालालको भनाईलाई एक पटक सबैले स्मरण गर्ने र कार्यानवायन गर्ने समय आएको छ । तथ्यहिन अभिव्यक्ति र लान्छानाको राजनीति त्यागेर पहिले काग्रेस सुधार्ने अनि नागरिकको जीवन स्तर सुधार्ने मार्गमा नेपाली काग्रेसले ठोस काम थाल्नु आवश्यक छ । यसका लागि विधिको माटोमा यात्रा गर्ने, रचनात्मक र चरित्रवान नेतृत्व आवश्यक छ । आगामी अधिवेशनका लागि समेत यस्तो नेतृत्व निर्माणमा नेपाली कांग्रेसले काम थाल्नु आवश्यक छ । यसका लागि निम्न बुंदामा ध्यान पु¥याउन यो प्रतिवेदन ध्यानाकर्षण गर्दछ ।
सुधारको बुँदाहरु
१. समयनुकुल नीति÷ नीतिअनुरुप रणनीति
२. संरचनागत सुधार ÷ चुस्त संगठन, दुरुस्त सदस्य
३. भातृ संस्थाहरुको पूर्नजीवन
४. क्षमताको परिक्षण ÷ अवसरको समानता
५. निर्वाचन प्रणालीमा परिर्वतन
६. सन्तुलित विदेश नीति
७. भ्रष्टाचारमुक्त राजनीति र सुशासन
८. सेवामुखी राजनीति÷उद्यमशील पार्टी सदस्य
९. राजनीतिमा आत्मनिर्भर कांग्रेस
१०. योग्यतन्त्रमा आधारित लोकतन्त्र
११. आध्यात्मिक चेत सहितको राजनीति
१२. व्यक्ति वा गुटकेन्द्रीत राजनीतिको अन्त्य
१३. पार्टी सदस्यता प्रणलीमा सुधार

प्रदेश सभा क्षेत्रीय समिति र भुमिका सम्बन्धमा
नेपाली कांग्रेसको विधान, २०१७, दशौं संशोधन २०७८ को धारा १० ले प्रदेश सभा क्षेत्रीय कार्यसमितिको व्यवस्था गरेको छ । मुलुक संघिय संरचनामा गएपछि नेपाली कांग्रेसको संरचना समेत परिवर्तन हुने क्रममा प्रदेश सभा क्षेत्रीय समितिको अवधारणा आएको हो ।
समितिको भुमिका र जिम्मेवारी
(क) प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय सम्मेलन र माथिल्लो निकायको निर्णय र निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
(ख) आफू मातहतका गाउँपालिका र नगरपालिका कार्यसमितिबाट स्वीकृत नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्राप्त विवरणको अभिलेख राखी माथिल्लो निकायमा विवरण पठाउने ।
(ग) यस विधान बमोजिमको योग्यता पुगेका नेपाली कांग्रेसको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्नका लागि मातहत निकायबाट प्राप्त सिफारिस रायसहित माथिल्लो निकायमा पठाउने ।
(घ) प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका नगरपालिका, गाउँपालिका र मातहतका कार्यसमितिलाई परिचालन र समन्वय गरी आवश्यक निर्देशन दिने ।
(ङ) प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका मतदाताको विवरण राख्ने, अद्यावधिक गर्ने, मतदाता नामावलीमा थपघट गर्नु पर्ने कार्य गर्ने गराउने ।
(च) निर्वाचनको समयमा निर्वाचन तथा मतदानसंग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र निर्वाचनको समग्र मूल्याङ्कन र समीक्षा गरी माथिल्लो निकायमा प्रतिवेदन पठाउने ।
(छ) प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका मतदातासंग निरन्तर सम्पर्क, सम्वाद र सहयोग गर्ने तथा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने गराउने ।
(ज) आफ्नो क्षेत्रभित्रका विकास निर्माणका कार्यको अनुगमन, मूल्याङ्कन गर्ने र विकास निर्माणका कामलाई सम्पन्न गर्नका लागि पार्टीका तर्फबाट आवश्यक कार्य गर्ने, गराउने ।
(झ) आफू मातहतका नगरपालिका कार्यसमिति, गाउँपालिका कार्यसमिति र वडा कार्यसमिति, टोल कार्यसमितिलाई सक्रिय बनाउन आवश्यक निर्देशन र समन्वय गर्ने ।
(ञ) कम्तिमा प्रत्येक दुई महिनामा प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका नेपाली कांग्रेसका सदस्यको भेला र अन्तरक्रियात्मक कार्यक्रम गर्ने ।
(ट) पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग समन्वय गर्ने र सो कार्यका लागि पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभाका सदस्य र उम्मेदवार प्रदेश सभा क्षेत्रीय कार्यसमितिकाबीच प्रत्येक महिनामा कम्तिमा एक पटक बैठक बसी छलफल, परामर्श र आवश्यक निर्णय गर्ने ।
(ठ) नागरिकका हितसंग सम्बन्धित कार्यक्रम समय समयमा अभियानकारुपमा सञ्चालन गर्ने, गराउने । (ड) सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत पार्टीका गतिविधिको व्यापक प्रचार प्रसार गर्न आवश्यक कार्य गर्ने, गराउने ।
(ढ) पार्टीद्वारा वर्ष भरिमा सञ्चालन हुने विविध कार्यक्रमको वार्षिक क्यालेण्डर बनाई सोही अनुसार कार्य गर्ने, गराउने ।
(ण) आवश्यकता अनुसार विभिन्न समिति, उपसमिति गठन गर्ने ।
(त) मातहत निकायबाट प्राप्त राय सहित पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस र निर्णय गर्ने ।
(थ) पार्टीको हितमा तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने, गराउने ।
नेपाली कांग्रेसको नियमावली, २०७६को धारा १४ ले थप गरेको व्यवस्था
विधानको धारा १० (५) का अतिरिक्त प्रदेश सभा क्षेत्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम थप गरेको छ ।
(१) प्रत्येक बैठकको निर्णय सहितको जानकारी माथिल्लो निकायलाई गराउने ।
(२) आफू मातहतका गाउँ वा नगर कार्यसमितिलाई प्रोफाइल तयार गर्न लगाई प्रदेश सभा निर्वाचन क्षेत्र प्रोफाइल तयार गर्ने र वार्षिक रूपले अद्यावधिक गर्ने गराउने ।
(३) आफ्नो क्षेत्रभित्र पार्टी र अन्य राजनीतिक दलको गतिविधि र प्रभाव बारे जानकारी लिने र माथिल्लो निकायमा जानकारी गराउने ।
(४) मातहत निकायलाई निरन्तर नागरिकको सम्पर्क सम्वादनमा रहन र सहयोग गर्न प्रेरणा दिने ।
यस्तो व्यवस्था रहेपनि तहगत संरचनाले विधान र नियमावलीलाई कार्यानवायन नगरेको कारण आवश्यक तथ्याकहरु व्यवस्थीत गर्न सकिएको छैन । यसलाई व्यवस्थीत गर्न वडा र स्थानीय तहगत संरचनाले विधान र नियमावलीको कडा रुपमा कार्यान्वायन गर्ने प्रतिवद्धता कार्यान्वायन गराउन आवश्यक छ ।