logo
  • २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • जलवायु कार्यलाई स्थानीयकरण गर्न नीति निमार्ण र कार्यन्वयनमा सरोकारवालाको जोड

    जलवायु कार्यलाई स्थानीयकरण गर्न नीति निमार्ण र कार्यन्वयनमा सरोकारवालाको जोड


    इलाम :जलवायु परिवर्तनको कारण जोखिम बढ्दै गएको विज्ञहरु बताउछन । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलनको लागि बहस हुने गरेपनि यस तर्फ सरकार उदासिन हुने गरेको सरकोकारवाला बताउछन । यस तर्फ तीनै तहका सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने तर्फ सरोकारवालाको जोड छ । शुक्रबार इलाम सदरमकामा आयोजित जलवायुकार्यहरुलाई स्थानीयकरण गर्ने बारे इलाम नगरपालिकामा आयोजित कार्यक्रममा कृषिविज्ञ डा.योगेन्द्रमान श्रेष्ठले जलवायु कार्यको लागि तीनै तहका सरकार बीच सहकार्य र समन्वय हुन आवश्यक रहेको बताउनु भयो । उपयुक्त नीति निमार्ण र कार्यन्वयन गरेमात्रै जलवायु परिवर्तनको असर कम गर्न सकिने बताउनु भयो ।


    जलवायु कार्यहरुलाई स्थानीयकरण गर्न सहयात्रा नेपाल संस्थाले इलाम नगरपालिका सँग विभिन्न समयमा छलफल गर्दै आइरहेको छ । नगरपालिकासँग नीतिगत पहल गर्न आग्रह गर्दै आएको जनाएको छ । जलवायु परिवर्तनको प्रभाव न्युनीकरण र अनुकुलनको लागि सरकारले नीति, कार्यक्रम र बजेटमै व्यवस्था गर्नुपर्ने सुझाव दिदै आएको भएपनि यसतर्फ सरकार उदासिन रहेको जनाएको छ । इलाम नगरपालिका ६ का वडा अध्यक्ष दुर्गा श्रेष्ठले आफ्नो वडामा जलवायु कार्यहरु संचालन गर्न कार्यक्रमहरु राखिएको बताउनु भयो । सहयात्रा नेपाल सँगको विभिन्न छलफल र अन्र्तकृया कार्यक्रम बाट जलवायु कार्य , वैकल्पिक उर्जा प्रयोग , वातावरण संरक्षण र मुहान संरक्षण जस्ता कार्यहरु गर्न वडाले सोच बनाएको बताउनु भयो । इलाम नगरपालिकाका नगर प्रवक्ता नुतनदेव दुलाले नगरले जलवायु कार्यहरु संचालन गर्ने बताउनु भयोे । जलवायु परिवर्तनको प्रभाव अस्ररहरु बारे सचेत गराउन प्रचार प्रसारको आवश्यकता रहेको बताउदै नगरले नीति निमार्ण गर्न र कार्यन्वयन गर्न स्रोत साधनको आवश्यकता रहेको औल्याउदै एकै पटक सबै कार्य गर्न सम्भव नभएकोले क्रमश संचानन गर्न सकिने बताउनु भएको छ । नगरले वातावरण संरक्षण , अग्र्यानिक योजना , फोहोरमैला व्यवस्थापन , विपद योजना तयार गरीरहेको बताउनु भएको छ ।
    कृति रिर्सोसेस सेन्टर काठमाण्डौको सहयोगमा इलाममा रहेका सात वटा विभिन्न संस्था सम्मिलित इलाम नगरपालिका स्तरीय बहुसरोकारवाला मञ्च गठ गरी विगत दुई वर्ष देखि सचेतना र अन्र्तकृया कार्यक्रम संचालन गर्दै आइरहेको छ । इलाम नगरपालिकालाई जलवायु अनुकुलन योजना तयार गर्न आग्रह गरेको छ। सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षता र इलाम नगरपालिकाका नगर प्रवक्ता नुतनदेव दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाम नगरपालिकाकी वातावरण शाखाकी प्रमुख वातावरण विद लुना खतिवडाले जलवायु कार्यहरुको लािग इलाम नगरपालिकाको भुमिका बारे जानकारी गराउनु भएको थियो ।



    निगरानी संवाददाता    
  • २०७९ मंसिर १७, शनिबार १७:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP