इलाम , असार २८
उच्च अदालत विराटनगर , इलाम इजलास परसरमाा सोमबार बिहान महिलाको शव भेटियो । अदालतको कार्यलय सहयोगी महिला कर्मचारी शंकास्पद रुपमा मृत फेला परेपछि प्रहरीले दिनभर घटनास्थल सिल गरी अनुसन्धान गर्यो । इलामे नागरिकले पनि घटना स्थलमा पुगेर चाडो अपराधी सार्वजानिक गर्न दवाब दिएका छन । महिलाको बलात्कारपछि हत्या भएको हुनसक्ने भन्दै सुक्ष्म ढंगबाट अनुसन्धान गरेर चाँडो भन्दा चाँडो अपराधी पक्राउ गर्न सोमबार साँझ घटना स्थलमा भेला नागरिकले दबाब दिएका छन् । घटना स्थलमा भेला भएका नागरिकले दबाब दिए पछि प्रहरीले भोलिसम्म अपराधी सार्वजानिक गर्ने भनेपछि भिड नियन्त्रित भएको थियो । घटनस्थल पुग्नु भएकी महिला अधिकार कर्मी दिपा आचार्य ढकालले प्रहरीले सबै कुरा पत्ता लागि सकेको भने पनि अपराधी भोलि मात्र सार्वजानिक गर्ने बताएकोले के कारणले सार्वजानिक गर्न रोकियो भन्ने शंका नागरिकमा उब्जिएको बताउनु भयो । उहाँले भन्नु भयो घटना स्थलमा भेला भएका नागरिकले दबाव दिए पनि प्रहरीलाई अनुसन्धान सहयोग गर्न नागरिकले धैर्यता देखाएको बताउनु भयो । ९९ प्रतिशत अनुसन्धान गरीसकेको प्रहरीले बताएपनि किन १ प्रतिशलले अपराधी सार्वजानिक गर्न रोक्यो भन्ने प्रश्न उब्जिएको बताउनु भयो । अदालत जस्तो ठाउँमा यस्तो गम्भीर घटना हुन्छ भने महिला कतैपनि सुरक्षित नहुने भन्दै उहाँले अपराधीलाई सार्वजानिक यातनाको व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘ सवै भन्दा ठुलो कुरो एउटा कार्यलयमा कार्यरत कर्मचारी कार्यलय पोशाकमा शव भेटिनु त्यो भन्दा र्दुभाग्य के हुन सक्छ । ‘न्यायलय जस्तो ठाउँमा ,कम्पाउण्ड भित्र विभत्स हत्या भएको छ भनेपछि महिलाको सुरक्षाको अवस्था कहिपनि देखिएन ’ उहाँले भन्नु भयो । यस्तो घटनाको जति निन्दा र भत्सना गरे पनि नपुग्ने भन्दै उहाँले चाडो भन्दा चाडो अपराधी सार्वजानिक गरी कार्वही गर्नु पर्ने बताउनु भएको छ ।
सोमबार विहान अदालत परसरमा अर्धनग्न अवस्थामा कार्यालय सहयोगी सोलुखुम्बुकी ४५ बर्षीया बिमला कुमारी पराजुलीको शव भेटिएको थियो । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ घर भएकी पराजुलिको शब कार्यालय परिसरको भित्तामा रहेको नालीमा घोप्टो परेको अवस्थामा कार्यालय पोशाकमै फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शंकास्पद अवस्थामा महिलाको शब फेला परेपछि जिल्ला प्रहरी कार्यालय इलामले घटनास्थललाई दिनभर सुरक्षित राखेको थियो । तालिमप्राप्त कुकुरको सहायतबाट घटनाको अनुसन्धान गर्नका लागि शब नछोइकन सुरक्षित राखेको थियो । धरानबाट तालिमप्राप्त कुकुर ल्याएर प्रहरीले अनुसन्धान गरेको जनाएको छ । प्रहरीले घटना बारे अनुसन्धान गरेपनि भोलिमात्र सार्वजानिक गर्ने जनाएको छ ।
प्रतिक्रिया