logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • मंगलबार मध्यरातदेखि मौनअवधि सुरु , के के गर्न हुदैन ?

    मंगलबार  मध्यरातदेखि मौनअवधि सुरु , के के गर्न हुदैन ?


    काठमाडौं ।आसन्न स्थानीय तह निर्वाचन हुँदै गर्दा मंगलबार मध्यरात १२ बजेपछि मौनअवधि लागू हुँदैछ । निर्वाचन आयोगले पालिकामा नेतृत्व चुन्न हुने मतदान शुरु हुनुअघि ४८ घण्टा अगाडिदेखि नै मौनअवधि तोकेअनुसार मंगलबार राति १२ बजेदेखि शुक्रबार साँझ ५ बजेसम्म मतदान नसकिएसम्म मौन अवधि कायम रहने जनाएको छ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ ।
    मौनअवधि शुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ । आचारसंहितामा मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ ।
    यसैगरी मौनअवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । साथै यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।
    सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ ।

    मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि आयोग आफैँ, सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा १८ सहसचिवको नेतृत्वमा टोली खटिएको उनले बताए ।
    निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्था छ । त्यसैलाई टेकेर आयोगले ‘मौनअवधिमा पालना गर्नुपर्ने आचरण’ शीर्षकमा १८ बुँदे निर्देशन जारी गरेको छ । ऐनको उपदफा ३ मा ‘आयोगले दिएको आदेशबमोजिम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
    निर्वाचन आयोगले सोमबारमात्रै विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय तह सदस्य निर्वाचनको मौन अवधिमा २०७९–०१–२७ गते राति १२ बजेदेखि उम्मेदवार र उनीहरुका फ्यानहरुका फेसबुक, ट्वीटर, टिकटक लगायतका पेजहरुमा स्पोन्सर पोष्ट हुन सक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौनअवधि शुरु हुने अगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्रहरु–पोष्टहरु हटाउन र नयाँ पोष्ट नगर्न निर्देशन दिन र सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।’



    निगरानी संवाददाता    
  • २०७९ बैशाख २७, मंगलवार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP