सूर्योदयः इलामको सूर्योदय नगरपालिका वाड न ७ ले सोमबार विद्यालयमै पुगेर प्राथमिक तहमा अध्यायनरत विपन्न विद्यार्थीहरुलाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको छ ।
वडाको बार्षिक स्विकृत लक्षित कार्यक्रम अन्तरगत कृष्णाश्रम माध्यमिक विद्यालय, पद्म आधारभूत विद्यालय, भाग्योदय आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको वडा अध्यक्ष लोक बहादुर राईले जानकारी दिए । अध्यक्ष राईले भने ‘शिक्षाको उज्यालो ज्योतीबाट कसैले विमुख हुन नपरोस् भनेर कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई सहयोगको कार्यक्रम अघि सारेका हौ ।’ उनले शिक्षक, अभिभावकसंग सल्लाह गरेर थप प्रभावकारी कार्यक्रम ल्याउने समेत बताए ।
अभिभाबक होमबहादुर खड्काले जनप्रतिनिधिहरु विद्यालयमै पुगेर विद्यार्थीलाई प्रोत्सहान गर्ने प्रयास प्रसंसायोग्य रहेको बताए ।
विद्यालयले छनौट गरेका विद्यार्थीलाई एक लाख बराबरको पोसाक, झोला, कपी लगायतका सामग्री वितरण गरेको वडा सचिव कमलकान्त पोख्रेलले जानकारी दिए ।
प्रतिक्रिया