logo
  • २०८३ जेष्ठ २७, बुधबार | Wed, 10 Jun 2026
  • ताप्लेजुङको दोभान बजारका ४७ वटा घर पूर्णरुपमा जल्यो

    • निगरानी
    • २०७७ फाल्गुन १८, मंगलवार १७:०१ गते
    ताप्लेजुङको दोभान बजारका ४७ वटा घर पूर्णरुपमा जल्यो

    ताप्लेजुङ : ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा मंगलबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीका कारण मेरिङदेन गाउँपालिका–३, दोभान बजारका ४७ वटा घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले बताउनु भयो ।

    आगो करिब दुई घण्टापछि स्थानीय, दमकल र सुरक्षा निकायका जनशक्तिले नियन्त्रणमा लिएका हुन्। सदरमुकाम फुङलिङबाट पुगेको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको हो। आगो फैलन नदिन एक्स्काभेटर प्रयोगले केही कच्ची घरहरू भत्काएको थियो। बस्तीतर्फको जोखिम कम भए पनि आगो नजिकैको जंगलतर्फ फैलिएको छ। त्यसलाई पनि नियन्त्रणको प्रयास जारी रहेका बताइएको छ।बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो। फुङलिङबाट १७ किमि दूरीमा रहेको उक्त बजारमा ८५ वटाजति घर थिए। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।



    निगरानी    
  • २०७७ फाल्गुन १८, मंगलवार १७:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP