नाग देवताको दर्शन गरि वि.सं. २०७६ असोज १८, शनिबारको राशिफल हेर्नुहोस्

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
नाग देवताको दर्शन गरि वि.सं. २०७६ असोज १८, शनिबारको राशिफल हेर्नुहोस्

काठमाडौं। वि.सं. २०७६ असोज १८, शनिबार, इ.स. २०१९ अक्टोबर ५, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलाथ्व, आश्विन शुक्लपक्ष, सप्तमी, १४:०८ उप्रान्त अष्टमी, नक्षत्र– मूल, १८:१८ बजेउप्रान्त पूर्वाषाढा, योग– शोभन, २८:४९ बजेउप्रान्त अतिगण्ड, करण– वणिज, १४:०८ बजेदेखि भद्रा, २६:११ बजेउप्रान्त वव, आनन्दादिमा गद योग, चन्द्रराशि– धनु, सूर्योदय– ५:५८ बजे, सूर्यास्त– १७:४४ बजे र दिनमान २९ घडी ५ पला।व्रत/पर्व- शारदीय नवरात्र, फूलपाती, श्री तुलजा–भवानी यात्रा बिहान १०:४७ बजे, स्थिरासन बिहान ११:२१ बजे शुभ, नवपत्रिका भित्र्याउने, सरस्वतीलाई आवाहन गर्ने दिवस।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ,आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पेटको खराबीले अलि सताउला,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ ज्ञान सिक्ने मौका छ,महत्वाकांक्षी योजना सार्वजनिक गर्दा हानि हुन सक्छ,सचेत रहनुहोला,गरेका कामको राम्रो मूल्यांकन हुनेछ,दीर्घकालीन योजना बन्नेछन्,आजको शुभ अंक १ रहेको
छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –

गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,कामको बोझ थपिनाले बढी जिम्मेवारी वहन गर्नुपर्ला,साथ दिने सहयोगी भेटिनेछन्,आजको शुभ अंक ८ रहेको
छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–

गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ, बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ, अधुरा काम सम्पादन गर्न सकिनेछ, स्वास्थ्य कमजोर बन्ने र काममा चुनौती आइलाग्ने समय छ,आजको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–

रचनात्मक काम सुरु गर्ने मौका छ,हिम्मत बढ्नेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छसुखद समाचारले अझ उत्साह बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–

मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,व्यावसायिक यात्रा सम्भावना छ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–

शत्रुहरू किनारा लाग्नेछन्,स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ,दाम,नाम र प्रतिष्ठा कमाउने बेला छ,रमाइलो भ्रमण सम्भावना छ,व्यावसायिक यात्रा सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,पढाइलेखाइमा प्रगति होला,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आम्दानी प्रशस्तै बढ्नेछ, विभिन्न भौतिक साधन जुट्नेछन्, धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–

नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,गोपनीयतामा ध्यान दिनुहोला,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,आजको शुभ अंक ११ रहेको छ ।