वि.सं. २०७६ असोज २६,शनिबारको राशिफल हेर्नुहोस्

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
वि.सं. २०७६ असोज २६,शनिबारको राशिफल हेर्नुहोस्

वि.सं. २०७६ असोज २५, शनिबार, इ.स. २०१९ अक्टोबर १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलाथ्व, आश्विन शुक्लपक्ष, चतुर्दशी, २८:०४ उप्रान्त पूर्णिमा, नक्षत्र– उत्तरभाद्रपदा, ३२:३१ बजेउप्रान्त रेवती, योग– ध्रुव, २९:५४ बजेउप्रान्त व्याघात, करण– गर, ११:०२ बजेदेखि वणिज, २४:०४ बजेउप्रान्त भद्रा, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– मीन, सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १७:३७ बजे र दिनमान २८ घडी ६ पला। पञ्चक। अखिलबलि–पूर्ति, (सिंघया)।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सचेत रहनुहोला,संयम एवं बोलीको मधुरताले,सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ, भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,यात्रामा अवरोध हुने,आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आलश्य पनि दूर हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)विशेष सावधानी अपनाउनु होला,सचेत रहनुहोस,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ११ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–गोपनीयतामा ध्यान दिनुहोला,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –झुटा आरोप पनि लाग्नेछन्, कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,स्थानान्तरण हुने,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)सबैकाममा आफैँले ध्यान दिनुहोला,सामानहरू छुट्ने/हराउने सम्भावना छ, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ८ रहेको छ ।