पाथिभारामाताको दर्शन गर्दै: वि.सं. २०७६ कात्तिक ५गते,मंगलबारको राशिफल हेर्नुहोस्

पाथिभारामाताको दर्शन गर्दै: वि.सं. २०७६ कात्तिक ५गते,मंगलबारको राशिफल हेर्नुहोस्

वि.सं. २०७६ कात्तिक ५,मंगलबार, इ.स. २०१९ अक्टोबर २२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, नवमी, २३:२४ उप्रान्त दशमी, नक्षत्र– तिष्य, १३:४५ बजेउप्रान्त अश्लेषा, योग– साध्य, १८:०६ बजेउप्रान्त शुभ, करण– तैतिल, १२:२४ बजेदेखि गर, २३:२४ बजेउप्रान्त वणिज, आनन्दादिमा प्रवर्द्धमान योग, चन्द्रराशि– कर्कट, सूर्योदय– ६:०८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २८ घडी ७ पला। सर्वार्थसिद्धि योग १३:४५ बजेपछि।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,आजको शुभ अंक १ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ, अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ, अनुकूलको बन्न छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बैदेशिक सहयोग बढे संगै,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,धार्मिक कार्यमा समय बित्नेछ,नोकरीमा पदोन्नती हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मीठो खाने अवसर मिल्ने छ,सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,राम्रो लगाउने आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आर्थिक हिसाबले समय बलबान रहनेछ,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आर्थिक अबस्थामा सुधार आउनेछ,विशिष्ट नयाँ काम गर्ने मौका छ,निकै सफल देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवाद एवं चिन्ता बढ्न सक्छ,बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विश्वास जित्नै अघि बढ्न सकिने छ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,आजको शुभ अंक ११ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पढाई लेखाईमा प्रगति हुनेछ,फलदायी समय रहनेछ,आजको शुभ अंक ७ रहेको छ।