logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • राष्ट्रपतिद्वारा तिहारको शुभकामना

    राष्ट्रपतिद्वारा तिहारको शुभकामना

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

    तिहार पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको बताएकी छन् ।

    राष्ट्रपतिले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको सन्देशमा उल्लेख गरेकी छन् । तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ राष्ट्रपतिले तिहार पर्वको शुभकामना व्यक्त गरेकी छन् । रासस



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार ०८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP