त्यस्तो परिवारमा हामी पुगयौ जहाँ दुई अबोध बालक दाल तरकारी बिनै निस्तो भात खाईरहेका थिए जस्लाई साहारा दिएर नौ बर्षिय दिदिले थालमा भात पस्किदै थिईन । आमाको सुस्त मनस्थित हुदहुँदा प्राय बेखबर नै हुन्छिन। ६६ बर्षका बाबु साथमा सुस्त मनस्थितिकी अधबैसे आमा अनी कलीला अबोध तीन बर्षको काखको छोरो सहित तिन सन्तान ।
गरीबी र अभावमा खुल्ला छाप्रो मुनी जुनको उज्यालो नियाल्दै बर्शौ बिताईरहेको अवस्था त्यस माथी आईपर्यो बज्रपाथ ति ६६ बर्षका ब्रिध बाबु भिर बाट लडेर मरानासन्न अवस्थामा अस्पातलको शैयामा छटपटाईरहेकाछन । यही छाप्रो भित्र आरनमा फलाम पिटदै बर्षाको मुसलधारे पानी अनी हिउदको काठयाङ्गरिने जाडो छिचोल्दै जिविका चलाईरहेको परिवार माथी परेको पिडा सहन गर्न जो कोहिलाई पनि मुस्किल पर्छ ।
ति अबोध बालकको भविश्य र अस्पातलमा छटपटाईरहेका बाबुको उपचार गर्ने रकमको जोहो गरिदिने न कोही आफन्त नै छन न कुनै सँघ सस्था न सरकारी निकाए नै तत्पर छन । मानवता नै धर्म हो त्यो भन्दा ठुलो धर्म नै हुन सक्दैन । यस्तो अबस्थामा मनकारी दिल र सहयोगी हातहरु जुटुनु सिबाए कुनै विकल्प देखिदैन । देश विदेश जहाँ रहेपनी जे जती सकिन्छ सहयोग गरिदिएर उनलाई दुस्खको यो सागरबाट उठाउनु नै परमधर्म हो अनि कर्तब्य पनि ।