जहाँ पाइन्छ बिमाबाट पर्याप्त औषधि

जहाँ पाइन्छ बिमाबाट पर्याप्त औषधि

इलाम :  इलामको सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालले भने अरू स्वास्थ्य संस्थाले नदिने औषधि पनि बिमा भित्रबाटै उपलव्ध गराउँछ। सुगर रोगको लिनामेट नामको औषधि इलाम अस्पतालमा बिमाअन्तर्गत पाइँदैन तर फिक्कल अस्पतालमा त्यही औषधि बिमाअन्तर्गत प्रदान गरिन्छ।

अस्पताल प्रशासन प्रमुख फाजुङ शेर्पाका अनुसार दुइटा मलिक्युलरलाई वेग्ला बेग्लै क्लेम गरेर पनि त्यस्तो सेवा प्रदान गरिएको हो। उनले भने ‘हामी विरामीको सहजताका लागि मिल्ने सम्म सबैमिलाएर दिन्छौं।’ अस्पतालले सुगरका लागि लगाउने इन्सुलिन, दमका लागि प्रयोग हुने रोटाक्याप, एमडीआईलगायतका औषधि पनि अस्पतालले उपलब्ध गराउने गरेको छ। शेर्पा भन्छन्, ‘अरूले यी औषधि महँगो हुने भएकाले दिँदैनन् भन्ने सुनेका छौं। हामीचाहिँ भरसक बिरामीलाई निराश बनाएर पठाउन चाहँदैनौ।’

शेर्पाले थपे, ‘अरू कम्मिनेसन डक्सहरू पनि दिई रहेका छौं, पहिले देखिनै दिँदैआएका हौं।’ अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको उनले सुनाए। गत वर्ष ३४ हजार बिमामा आबद्ध बिरामीलाई सेवा दिएको अस्पतालले यस वर्ष अहिलेसम्ममा ३२ हजारले सेवा लिएको सेर्पाले बताए।

ऐन भन्छ– ‘सबैलाई स्वास्थ्य बिमा’स्वास्थ्य बिमा ऐन २०७४ ले  प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने प्रवन्ध गरेको छ। ऐनले  नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुने उल्लेख गरेको छ।

वृद्घाश्रम, अनाथालय, बाल सुधार गृहलगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने ऐनमा व्यवस्था छ। सबै नागरिकलाई स्वास्थ्यको न्यूनतम पहुँचबाट नछुटाउने उद्देश्यले सुरु गरिएको बिमा सञ्चालनका लागि बनेको ऐनमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ।’

प्रचलित कानुनबमोजिम स्थापना भएका तोकिएका संस्थाले सो संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउनुपर्ने ऐनमा उल्लेख छ ।अन्नपुर्ण पोष्टबाट