logo
  • २०८२ फाल्गुन २१, बिहीबार | Thu, 05 Mar 2026
  • सुहाङले जिते कालोपत्र नबन्न सक्छ दमक-चिसोपानी सडक

    • निगरानी
    • २०८२ फाल्गुन १८, सोमबार २१:५१ गते
    सुहाङले जिते कालोपत्र नबन्न सक्छ दमक-चिसोपानी सडक


    इलाम । एमाले उम्मेदवार सुहाङ नेम्बाङले इलाम २ मा जिते दमक-चिसोपानी सडक कालोपत्रे नबन्ने परिस्थिति देखिएको छ ।उनी यसअघि उपनिर्वाचनबाट जितेपछि यो सडक झन् अलपत्र परेको पाइएको छ । चालू आर्थिक वर्ष करिब १८ करोड बजेट घटेर आएको हो । त्यसमाथि नेम्बाङले गत साउन पहिलो साता सात दिनभित्र ठेक्का लगाउने भनेकामा त्यो प्रतिबद्धता अझै पूरा भएको छैन । बरु ठेक्का लगाउन नसकेपछि निर्माण कम्पनी लुम्बिनी गणपति जेभीलाई गत भदौदेखि दुई वर्षका लागि कालोसूचीमा राखेको खुलेको छ । जुन काम कानुनी रुपमा गर्न मिल्दैनथ्यो । किनभने, यो सडकको ठेक्का विवादसम्बन्धी मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन थियो । अदालतमा विचाराधीन मुद्दाबारे संसदमा पनि बोल्न मिल्दैन । तर, तत्कालीन प्रतिनिधिसभा सदस्य नेम्बाङ सम्मिलित टोलीले ठेक्का लगाउन भन्दै नापजाँच गरेको थियो । त्यसरी कानुनी तवरले गर्न नमिल्ने कार्य गरेको देखिन्छ ।
    जिल्ला अदालतले करिब १५ महिनामा गत पुसमा मात्र मुद्दाको फैसला गरेको छ । जुन फैसलाअनुसार विवादको समाधान आर्बिट्रेसन (मध्यस्थता)बाट गर्नुपर्ने हुन्छ । तर, स्थानीय, प्रदेश र संघीय सरकार मिलेर गत साउनमा जसरी जबर्जस्ती नापजाँच गर्ने काम भयो त्यसरी नै निर्माण व्यवसायी पक्षलाई दबाबमा राख्ने कार्य भयो भने विवादको समाधान हुँदैन । उल्टै झन् गन्जागोल हुने परिस्थिति बन्ने सम्भावना छ । कुनै पनि सरकारी निकायले समस्याको सहजीकरण गरेको देखिँदैन । सडक डिभपजन दमकले ठेक्का तोड्दा पनि कालोसूचीमा राख्ने भनेको थियो । निर्माण कम्पनी ठेक्का तोडिएपछि पाटन उच्च अदालत गएको थियो । उच्चले रिट निवेदन खारेज गरिदिएको थियो ।
    सडक डिभिजनले यो सडक तीन खण्डमा कालोपत्र गर्न ठेक्का लगाएको थियो । दुई खण्ड (लुम्बिनी गणपति) को सम्झौता तोडिए पनि एक खण्डको चालू छ । तर,सात वर्षमा ६ किलोमिटर कालोपत्रको काम पनि सकिएको छैन ।



    निगरानी    
  • २०८२ फाल्गुन १८, सोमबार २१:५१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP