द भ्वाइस अफ् नेपालको फाइनलिस्ट इलामका विनोद राईको गृहजिल्लामा विशेष साङ्गितिक प्रस्तुति

द भ्वाइस अफ् नेपालको फाइनलिस्ट इलामका विनोद  राईको गृहजिल्लामा विशेष साङ्गितिक प्रस्तुति

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका विनोद राई  गायन रियालिटी सो ‘द भ्वाइस अफ् नेपाल सिजन ५ ‘ को फाइनल चरणमा पुगेका छन । राई विशेष साङ्गितिक प्रस्तुतिको लागि  इलाम  आउँदैछन् । सोमबार  अपराह्न २ बजे इलाम बजारमा उनको गीत गाएर भोट माग्ने तयारी छ ।
चार प्रतिस्पर्धीमा  परेका राईलाई जिताउन इलामबासी जुटेका   छन् ।   प्रतिस्पर्धीका लागि भोटिङ खुला भए सङै गृह जिल्लामा प्रचारप्रसार तिब्र पारिएको छ । 
 विनोद टिम मिलन नेवारबाट फाइनल पुगेका हुन् ।  टिम राजेशपायल राईको समूहबाट मकर योञ्जन ,टिम प्रमोद खरेलबाट नोगेन लिम्बू र टिम उदय सोताङबाट कुमार प्रयास राई फाइनलिस्ट बनेका छन ।