logo
  • २०८१ कार्तिक २८ | Wed, 13 Nov 2024
  • देउमाईको मतगणना रोकियो , गणना स्थलमा स्वस्तिक छाप भेटिए पछि तनावग्रस्त

    देउमाईको मतगणना रोकियो , गणना स्थलमा स्वस्तिक छाप भेटिए पछि तनावग्रस्त


    इलाम बैशाख ३१
    मतगणना जारी रहेका बेला देउमाई नगरपालिकाका करारका एक जना कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटीए पछि विवाद उत्पना भइ मतगणना रोकिएको छ । स्वस्तिक छाप भेटिपछि मतगणनामा खटीएका कर्मचारी बिचमै बिवाद भएको थियोे । उक्त बिवाद पछि नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धमा रहेका दल नेपाली काग्रेस नेकपा समाजवादी र माओवादी केन्द्रले नाराबाजी गर्दै हत बिरोध गर्न थालेपछि मतगणना रोकिएको छ । एक पक्षिय रुपमा मतगणना भएको गठबन्धन दलले आरोप लगाएका छन ।उनीहरुले निर्वाचन अधिकृत हरी बहादुर दाहाल र प्रहरी बिरुद्ध नाराबाजी गरीरहेपछि मतगणना स्थल तनावग्रस्त बनेको छ । अहिले देउमाई तनावग्रस्त वनेको छ ।
    इलामका प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले बिवाद भए पछि मतगणना स्थलमा सुरक्षित गरिएको जानकारी दिनु भयो । कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटीए पछि विवाद उत्पन भएकोले छानविन गरिएने प्रजिअ ढुङ्गानाले बताउनु भयो । देउमाईमा एमालेका मेयरका उम्मेद्धवार सूर्य पोखरेल र गठबन्धनबाट काग्रेसका होम दुलाल बिचमा प्रतिष्पर्धा भैरहेको छ । प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिदै आएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ बैशाख ३१, शनिबार ०६:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP