माघ २५, सुनसरी
सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरु संगठिन भएका छन ।
पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउने पत्रकारहरुको जिल्ला भेलाबाट जयकृष्ण यादवको अध्यक्षतामा १३ सदस्य यादव पत्रकार समाज गठन गरिएको छ ।सुनसरीको इटहरी स्थित तालतलैयामा भएको यादव पत्रकारहरुको भेलाले उपाध्यक्ष आषिश कुमार यादव, सचिवमा दिपेन्द्र यादव, सहसचिवमा पारसमणी यादव, कोषाध्यक्षमा पप्पु यादवलाई चयन गरेको हो ।त्यसैगरी सदस्यहरुमा सन्तोश यादव, प्रमोद यादव, विनायक प्रसाद यादव, सूर्यनारायण यादव, ममता यादव, उशिका यादव, दिनेश यादव र गणेश यादव चयन भएका छन् । भेलामा नेपाल पत्रकार महासंघका पूर्ण अध्यक्ष राजेश विद्रोही यादव सहितको उपस्थिती रहेको थियो ।
शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवी सहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तार गर्ने जनाइएको छ । आमसञ्चार तथा पत्रकारिताको उच्चतम् सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चारमाध्यममा शिक्षा विधामा कार्यरत पत्रकारहरुको हक, अधिकार संरक्षण तथा क्षमता अभिवृद्धिसमेत गर्न पत्रकारहरुको सहभागितामा सङ्घीयस्तरको यादव पत्रकार समाज गठन गरिएको उपाध्यक्ष आषिश कुमार यादवले बताउनु भयो ।
सुनसरीमा २५ जना बढी यादव पत्रकारहरु स्थानीय तथा राष्टिय मिडियामा कार्यरत्त रहेका छन् ।