इलामको माई नगरपालिकामा यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता

इलामको माई नगरपालिकामा यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता


इलाम , जेठ १
: इलाममा राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । आगामी जेठ २६ गतेबाट माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने भएको छ ।२० वर्ष मुनिका उमेर समुहको सहभागीतामा हुन लागेको हो । नेपाल रग्बी संघको आयोजनामा हुन लागेको प्रतियोगिता प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघको संयोजन गर्ने जनाइएको छ ।
प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा पुरुष खेलाडी सहभागि हुने छन् । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा दुई सय भन्दा वढी खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सेभेन ए साईड संरचना अनुसार सञ्चालन हुने छ ।
प्रतियागिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनौट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाक बिजुले जानकारी दिनु भएको छ । केन्द्रिय स्तरबाट इलाममा आयोजना हुने यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो ।
इलाममा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाले खेलकुद पर्यटनलाई टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताउनु भयो । प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खान र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिनु भयो । पुरस्कार बारे निर्णय हुन बाँकी रहेको जनाइएको छ ।
नेपाल रग्बी संघले भर्रखरै विश्व रग्बी संघको सदस्यता प्राप्त गरेको कारण प्रतियोगिता आयोजना महत्वपूर्ण सावित हुने आयोजकको भनाई छ । नेपालले यस अघि २०१४ मा एशिया रग्बीको एसोशियस्ट सदस्यता पाएको थियो । त्यस पछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो । नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालन संगै घरेलु प्रतियोगिता पनि सफलता पूर्वक सम्पन्न गरेको छ । गत भदौमा एशिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारीस पछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।
नेपाल रग्बी संघ इलाम २०७९ असार १२ मा गठन भएको थियो । छोटो समयमा इलाममा यसप्रति आर्कषण बढ्दै गएको छ । नवौ राष्ट्रिय प्रतियोगितामा इलाम विजयी वनेको थियो ।