logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • इलामको राजनीतिः राजनीतिकै उपहास र रुमानिकरण

    • Avatar विचार
    • २०८१ बैशाख १८, मंगलवार १७:०७
    इलामको राजनीतिः राजनीतिकै उपहास र रुमानिकरण


    इलामको राजनीतिः राजनीतिकै उपहास (Mockery)र रुमानिकरण (Romanticization )

    देश विदेशको चासो बनेको यसपालीको इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा उप निर्वाचनमा १९ उम्मेद्धवारहरु चुनावी मैदानमा होमिए । हुन त संसदमा यसले त्यति ठुलो भुमिका र २–३ वर्षमा जिल्ला र गाउँमा विकासको कायापलट नै हुने त होइन । एउटा दल (एमाले) ले उम्मेद्धवारको राजनीतिक योगदानलाई धेरै वास्ता गरेन । अर्को प्रमुख दल नेपाली काङग्रेसले उम्मेद्धवारको घोषणा अन्तिम तिर गर्नाले शंका र कुण्ठा बटुल्यो । चुनावी  म्याराथुनमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले प्रमुख दलहरुको प्रतिवद्धता, भाषण , आरोप, प्रत्यारोपलाई प्रमुख मसला बनायो, स्वतन्त्र उम्मेद्धवार (मुढा) ले जातिय पहिचानको मुद्धा अघि सार्यो भने अन्य दलहरुले आ–आफ्नै लुरे कर्मकाण्डी कार्यक्रमहरु लिएर चुनावी मैदानमा देखा परे । ८९ मतदान स्थलका मतदाताहरुको अमुल्य मतमा केही मत बदर भए पनि अन्य मतहरु मुख्य गरेर ४ वटा दलहरुमा बाँडिएको देखियो । प्रतिस्पर्धा र हार जित लोकतन्त्रमा स्वभाविक प्रक्रिया हो । एउटा दलको उम्मेद्धवारले जित्दै गर्दा बधाई र शुभकामना पाउनु र अरु दलहरुका उम्मेद्धारहरुले उप–विजयी हुँदै गर्दा सहानुभूति र आगामी दिनको सफलताको शुभकामना दिनु / पाउनु पनि एउटा स्वभाविक लोकतान्त्रिक र मानवीय धर्म हो । चुनावी परिणामले आत्तिने, मात्तिने र पात्तिने वा कुनै हिनताबोध गर्नु भन्दा संयमता, धैर्यता र सुझबुझ, आत्मसमिक्षा र परिस्थीतिको बस्तुगत विश्लेषण गर्दै जानु राम्रो हुन्छ ।इलामे मतदाताहरुले आफ्नो विवेक र छनोट स्वत वा जवरजस्त प्रयोग गरे, त्यो अध्ययन अनुसन्धानकै विषय हो । विभिन्न कारणहरुले मतदाताहरुको उपस्थिती अत्यन्तै न्यून रहयो । सायद प्रमुख कारणहरुमा राजनीतिक वितृष्णा र नैरास्यता, युवाहरुको बैदेशिक रोजगारी र पलायन, मतदान गर्न उमेर पुगेका युवा विद्यार्थीहरुको कलेज /क्याम्पसको परिक्षामा व्यस्त र काठमाण्डौं लगायत अन्यत्र रहेको अवस्था , मतदाताहरुमा विगत २०७९ मा जस्तो उल्लास र मतदानको आवश्यकता नखडकीनु, अन्यत्र कतै निर्वाचन नभएकोले सार्वजनिक विदा हुन नसक्नु आदि देखियो ।  उता लोकतान्त्रिक व्यवस्था ( Banana Republic?)  व्यवहार र अभ्यासमा सफल नदेखिराखेको अवस्थामा इलामको राजनीतिक नेतृत्व त्यति गतिशिल र अभिभावकिय देखिाएन । मूल पार्टी भित्रको राजनीतिक गठबन्धन र सम्बन्ध विच्छेद भारत, चीन र अमेरिकाको स्वार्थमा चल्ने हुँदा यहाँ मत दिनुको के नै अर्थ छ र ? भन्ने भाष्य पनि जन्मियो । गठबन्धन गर्ने, स्वार्थ समूहहरु (Interest Groups)  बन्ने÷बनाउने, सेटिङमा चल्ने /चलाउने, राजनीति म्याच फिक्सीङ गर्ने, बाँडीचुडी खाने, सरकार गिराउने र टिकाउने खेल, पैसा, प्रतिष्ठा र प्रिय दुस्मनी को खेल खेल्ने गलत संस्कार बसीरहयो । नाम र दाम बलियो बनाए पछि बदनाम हुँदै जाँदा पनि दल र स्वयम व्यक्ति खुलेआम चल्न र बोल्न पाइरहेकै अवस्था देखियो । दिगो विकास र पहिचान जस्ता नयाँ मुद्धा सम्बन्धमा अस्पष्टता, भडकिलो भाषण र भ्रमको खेती गर्ने नव पुँजीबादीहरु (New Capitalists)  नयाँ/पुराना पार्टीहरुमा मौलाउदै गएको देखियो । सबै खाले अवसरवादले अड्डा जमाउँदै छ । नेपाल र नेपालीको वृहत्तर हितमा काम गर्ने मिसन र भिजन सहितको नेतृत्व खासै देखिएन । इलाम जिल्ला पनि यस बाट अछुत रहन सकेन । राजनीति कर्मीहरु गम्भीर र जिम्मेवार हुनुपर्ने देखियो ।सचेत जनता र प्राकृतिरुपमा सुन्दर र उर्वर इलाम जिल्लालाई चुनावको बेला विभिन्न दलहरुले मिठा र भडकिला भाषण र आश्वासन सहित चुनावलाई प्रभाव पार्न खोजेको देख्दा राजनीतिकै उपहास र रुमानिकरण गरेको अनुभूति भयो । विचार विमर्श(Discourse )वा भाषण (Speech) मा श्रोतालाई दुई कुराले महत्व राख्छन ।  ती हुन– ध्यान आकार्षण (Attention) र स्वकारोक्ती (Acceptance) जनविश्वास (Credibility)जित्न मन/भावना (Ethos)  र तर्क/एजेन्डा ( Logos) प्रस्तुतिमा अलमल र  विचलित देखिए । नेतृत्व आफु लिने वां दिने वा वातावरण बनाउने, सहयोग गर्ने र भावनात्मक रुपमा एक भएको आन्तरीक व्यवस्थापन पार्टी भित्र अझै कमी देखियो । लोकतन्त्रमा विश्वास गर्नेलाई चुनाव, हार जित, विधिको शासन, सुसाशान, कुशल नेतृत्व र स्थानिय विकासमा आशा गर्नु स्वभाविक थियो । जनतामा पनि मूल भूत रुपमा गाँस, बाँस र कपास अनि स्थानिय विकास, शिक्षा र रोजगारीको आशा राख्नु स्वभाविक थियो र हो पनि । तर इलामले लामो समय देखि यसमा त्यति ठूलो अनुभूति गर्न सकेन । इलाममा समग्र राजनीतिलाई प्रभावमा राख्ने र आँखा झिम्काउँदा विकास बजेट र विकास कार्यक्रमहरु झार्न सक्ने पार्टी पिच्छेका नेताहरु थिए र छन पनि । तर धरातलिय अवस्थामा खासै परिवर्तन दिएनन् । बरु नितिगत भ्रष्ट्राचार, घोटाला, कुशासन, ठगी, सरकार लडाउने र बनाउने र दलीय दल दलमा फसेको नेतृत्वले राजनीतिको लगाम लिएको आभास भयो । मत परिणामले विगतमा रुख गठ थियो भने अहिले सूर्य गठबन्धन भएको र सायद मत परिणाम पनि सोही अनुरुप हुने देखियो । यहाँ त भाग्य भन्दा ठुलो कर्म (दुष्कर्म) तर कर्म भन्दा पनि राजनीति ठूलो भइदियो जसले जसलाई पनि जे गर्न सक्ने अवसर दिने देखियो ।निर्दोष तर सचेत जनताको अभिमत हेरफेर वा दुरुपयोग (Manipulation )कसले कसरी ग¥यो ? दलीय खोल ओडेर कित्ता कित्तामा बाँडिएर जनताको आस्था र भरोसामा चोट पु¥याउन कसले अरायो ? भागबन्डामा टिकट बाँडेर सबैलाई सबै हुन छुट कसले दियो ? एका घर भित्र यतिका समय सम्म एउटै पार्टी र विचारले गाइडेड हँ्दा हुँदै जता मन लाग्यो त्यतै मतदानको बलत्कार गर्ने अवसरवाद कसले दियो ? पार्टी भित्र राजनीतिक दलाली गर्दै कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, महेश आर्चाय  जस्ता आदर्श व्यक्तित्व र निष्ठालाई हान्दै  फेरि क–कसलाई मैदानमा उतारदै शुन्य बनाउने ग्राण्ड डिजाइन को बनाउँदै छ ? उप– निर्वाचनको नाममा इलामलाई राजनीतिक कृडास्थाल बनाउने तर संगठन र अनुशासन लथालिङग बनाउने कसको दुरदृष्टि हो ? के अब इमानदारीता, अनुशासन, निष्ठा, विवेक, धर्म र मर्म सबै तिलान्जली दिएकै हो ? के यो साँच्चै Banana Republic  हो ? कहिले सम्म पार्टी एकताको लेपनमा घात , अन्र्तघात र मत किनबेच र हेरफेरको चालढाल (Body Language)बुझेर बुझ पचाए जस्तो, सुनेर नसुने जस्तो गरिदिनु पर्ने ? विगतका नेतृत्वहरु जस्तै  तोयानाथ भट्टराई ,के.वी. गुरुङ, बेनुपराज प्रसाई, हरि खनाल आदिको राजनीतिक यात्रा र पदमार्गले अरु नेतृत्वहरु जस्तै केशव थापा, हिमालय कर्माचार्य, भेषराज आचार्य, डम्बर खडका आदिलाई पक्कै पनि मजबुत जग दिनथ्यो होला । खोइ त्यो सहयात्रा सहकार्य, समन्वय र एकता ? इलाम जिल्लको विकास, नेता, निति र नेतृत्व बारे धेरै कथा र व्यथाहरु बुनिसकिएका छन । गम्भीर कुरा त के भने कुनै पनि नेतृत्वलाई सफल÷विफल पार्न यस जिल्लाका मतदाता र कार्यकर्तालाई कम दोष  जान्छ । पार्टी भित्रका  अन्तरद्धन्द र व्यक्तिबादी चिन्तन प्रवितिको किचलो बढी जिम्मेवार छ  जसले मतदातालाई मुर्ख  र भ्रमित पनि बनायो । यो प्रिय दुश्मनीले आज सम्म के के ग¥यो वा के के भयो जग जायर छ । तर भोलिका दिनमा आफू, आफ्नो राजनीति, आफ्ना समकालिन र पछिल्लो पुस्तालाई यसले नराम्रो झटका भोगाउने छ । राजनीतिलाई सोदाबाजी/व्यापार ठान्ने मानसिक्ता हटाई जनमत र जनाधार जित्ने नेतृत्व तयार गर्दै जान के ले रोक्यो? हामी भुँइ मान्छेहरुको अपेक्षा र सुभेक्षा यतिमात्र हो । यो कुनै राजनीतिक दिक्षा होइन किनकि हामी राजनीतिक प्राणी हौं ंतर राजनीतिकर्मी हौइनौं । विना आग्रह पुर्वाग्रह यो मेरो केवल एक सम्यक समालोची चेतको भावनात्मक अभिव्यक्ति हो ।अबको बाटोविवेक, इमान्दारीता र नैतिकतामा धमिरा लागिसक्यो की पश्चाताप र नैराश्यता पो बढेर जाने हो की? गान्धी भन्नुहुन्छ , “सिद्धान्त बिनाको राजनीति , श्रम विनाको सम्पति, चरित्र विनाको ज्ञान, नैतिकता बिनाको व्यवसाय, मानवता विनाको विज्ञान, त्याग बिनाको धर्म र विवेक विनाको सुख” सार्थक जिवनका लागि हानिकारक हुन्छन् । हाम्रा देशका पार्टीहरुले बोकेका स्वदेशी, मौलिक वा विदेशी चिन्तन र आदर्श, जय नेपाल, र लाल सलाम, जय राष्ट्रबाद आदि भित्रका आदर्श र विचार सम्बन्धी सामान्य ज्ञान र त्यसको दैनिक जीवनमा चर्चा परिचर्चा र प्रयोग नगर्दा फेरी राजनीति नुनु बिनाको तरकारी हुनसक्छ । आदर्श र विचारलाई व्यवहारमा उतार्न सक्नुपर्छ । आन्तरीक शान्ति र एकता राजनीतिक पार्टी भित्र कायम हुनुपर्छ जसका लागि अनुशासन, इमान्दारीता, विवेक, करुणा, परोपकार र सत्य निष्ठा आवश्यक हुन्छ । संघियता पुर्नविचार गर्नु पर्ने देखिए या निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने देखिए या प्रदेश नामाकरण सम्बन्धमा गृहकार्य गर्नुपर्ने भए बसेर छलफल र बहस गर्नुहोस, अरुलाई ढाँटे पनि आफूलाई नढाँटनुहोस, आत्म समिक्षा गर्नुहोस । विकाशको नाराले दिगो विकास बोकोस न कि डोजरे विकास जसले पानीका मुहान सुकाओस, पहिरो ल्याओस र बसाई नै उठाओस । राजनीतिक पद र दायित्वले हरेक पल पल सामाजिक योगदान दिन सकोस न कि आसेपासेसँगको विहान बेलुकाको उठबस, आकाश पाताल जोड्ने गफ र स्टनबाजी र कामका नाममा कुम्भकर्ण । दलीय आर्दश विचार र निष्ठालाई व्यवहारमा उतारियोस न कि केवल भ्रमको खेती र खोक्रो नारा । पहिचानले नेपाल र नेपाली , नागरिक र नेपालीत्वको मुद्धा बोकोस न कि एकल जातीय वा अन्य । भोटले जनमत र जनमन समेटोस न कि नोट, चोट, पेट्रोल र रक्सी मिसिएको रमरम राजनीति । पवित्र देशको राजनीतिमा अपवित्र गठबन्धन आवश्यकता हो वा विलासिता ? लेखाजोखा प्रमुख भनाउँदा दलहरुले महसुस गर्नु पर्दो हो । अब अङक र स्थानमा अल्झेर चुनावी विजयको आत्मरती सुखानुभूती गर्दै बस्नुभन्दा जनमतको सही कदर गरी कर्ममा लागे राम्रो हुने थियो न कि अवसर बादको सिँढी चढेर संसद हलको सुखान्त राप ताप्ने सपना । हुन त स्वार्थ विनाको राजनीति र कर्म अब कमै होलान कलियुगमा । कतै पढेको थिएँ “ भरोसा कसैमा नगर्नुहोस किनकि ऐनाले दाहिने हात दिँदा देब्रे हात दिने गर्छ” । जताततै त्यस्तै देखिन्छ तर पनि आशाबादी र सकरात्मक सोच राख्नै पर्छ ।



    Avatar विचार    
  • २०८१ बैशाख १८, मंगलवार १७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP