सरकारको नजरमा नपरेको परिवारिक खेती बर्ष

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सरकारको नजरमा नपरेको परिवारिक खेती बर्ष


सोनाम योल्मु
नेपालमा पारिवारिक खेती परापूर्वकालदेखि नै हुदै आएको हो । परिवारका सदस्यहरुको प्रत्यक्ष सहकार्यमा गरिने कृषिसम्वन्धि विभिन्न कार्यहरुलाई नै पारिवारिक खेती भनिन्छ । पारिवारिक कृषिप्रणालीबाट दीर्घकालिन रुपमा खाद्यपदार्थको उत्पादन बढाउन सकिन्छ । वातावरण अनुसार जमिनको व्यवस्थापन गर्न सकिन्छ । उत्पादनमा विविधता ल्याउन सकिन्छ । विषादि रहित उत्पादनको प्रयोग गर्न पाईन्छ । स्वस्थ्य समाज निर्माणमा टेवा पुग्दछ । यसबाट खाद्यसुरक्षा तथा खाद्यसम्प्रभुता हुनुका साथै खाद्यपदार्थमा देश आत्मनिर्भर हुनसक्छ ।

पारिवारिक खेती प्रणालीको विकास ः
ग्रामिण जीवनलाई गुणस्तरिय बनाउन अन्तराष्ट्रिय क्षेत्रको माग परिपूर्ति गर्न संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रि«य पारिवारिक खेतीबर्ष–२०१४ मनाउने निर्णय गरेको थियो । सन् २०१४ लाई पारिवारिक खेतीबर्ष घोषण गर्न वल्र्ड रुलर फोरम (डव्लु आर एफ)को समन्वयमा ६० राष्ट्रको सहकार्यमा यो निर्णय संयुक्त राष्ट्र संघ ले २०११ डिसेम्वर २२ मा लिएको थियो । पारिवारिक खेतीबर्ष कम्तिमा १० बर्ष मनाउन अनुरोध गर्ने पहिलो राष्ट्र नेपाल हो ।

पारिवारिक खेती कार्यक्रम २०१४ को उदेश्यहरु
 गरिवीसंग लड्नका लागि खाद्य सुरक्षा र संप्रभुताको खोज गर्ने ।
 पारिवारिक कृषिप्रणाली सुरक्षाको लागि सरोकारवाला सवैलाई प्रभावपूर्ण नीति बनाउन अनुरोध गर्ने ।
 सवै राष्ट्रका सरकार र अन्तराष्ट्रिय सहयोगी संस्थाहरुले कार्यमूलक रणनीति तयार गरी आवश्यक बजेट छुट्टयाउने ।
 सवै प्रकारका कृषक संघ÷संस्थाहरुलाई बैध्यता प्रदान गरी सवल बनाउने ।
 स्वरोजगाका कार्यक्रमहरुलाई विशेष जोड दिने ।
 खाद्य सुरक्षा र कृषिमा आत्मनिर्भर हुने खालका नीति नियम तर्जुमा गर्ने ।
 कृषिप्रविधि, अध्ययन÷अनुसन्धानमा जोड दिने ।
 पारिवारिक कृषिप्रणालीको विकास गरी दीर्घकालिन खाद्य उत्पादन र पर्यावरण चक्रमा सहयोग पु¥याउने खालका कार्यक्रम संचालन गर्ने ।
 किसानको माग र प्रस्तावलाई कृषि नीति बनाउदा समेट्नु पर्ने ।
 महिला तथा पछाडि परेका वर्गको हितमा काम गर्ने ।

संयुक्त राष्ट्रसंघीय पारिवारीक खेतीदशक २०१९(२०२८ को घोषणा
 विश्वका अधिकांश मुलुकहरुको अनुरोधमा २० डिसेम्वर २०१७ (वि.सं.२०७४ पौष ५) का दिन संयुक्त राष्ट्र संघ को ७२औ महासभाले सन् २०१९ देखि २०२८ सम्म पारिवारिक खेती दश बर्ष मनाउने गरि पारित गरेको थियो ।
 २९ मे २०१९ (वि.सं.२०७६ जेष्ठ १५) का दिन विश्व खाद्य संगठन रोममा सन् २०१९ देखि २०२८ सम्म संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय पारिवारिक खेती दश बर्ष मनाउने आधिकारिक घोषणा भएको छ ।

परिकल्पना
“यस्तो विश्वको निर्माण गर्ने जहाँ स्वस्थकर, दिगो र विविधताले भरिपुर्ण खाद्य तथा कृषि प्रणालीको विकास हुने, जहाँ ग्रामिण तथा शहरी समुदायहरुले आत्मसम्मानका साथ गुणस्तरिय जीवन व्यतित गर्ने छन, गरिवी र भोकमरी रहित समतामूलक समुदायको निमार्ण हुनेछ ।”
पारिवारिक खेती दशकको मूल उद्धेश्य
सबै प्रकारका गरिवीको अन्त्य गर्ने, असमानताहरुको न्यूनिकरण गर्ने र जलवायु परिवर्तनको सामना गर्न अन्तराष्ट्रिय समुदायको प्रयासलाई सार्थकता प्रदान गरि सवैलाई समेट्ने रहेको छ ।

सहायक उदेश्यहरु ः
 भोकमरीको अन्त्य, खाद्यसुरक्षाको सुनिश्चितता, पोषणको सुधार र दिगो कृषिको प्रवद्र्धन गर्ने प्रयासहरुलाई सार्थकता प्रदान गर्ने ।
 विश्व जनसंख्यालाई खुवाउन पारिवारिक खेतीले खेलेको महत्वपुर्ण योगदानको पहिचान गर्ने, रोजगारीको सृजना गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने र अन्य मुद्दाहरु संगसगै जलवायु परिवर्तनको सामना गर्ने ।
 पारिवारिक खेतीको पक्षमा उपयुक्त नीति, नियमहरु निर्माण गर्ने र पारिवारिक खेती कार्यान्वयनका लागि राष्ट्रिय कमिटी सहित राजनीतिक बहसका लागि उपयुक्त संयन्त्रको निमार्ण, त्यसको क्षमता विकास र प्रवद्र्धन गर्ने ।
 ग्रामिण क्षेत्रमा क्रियाशिल विभिन्न सरोकारवालाहरुविच सहकार्य बढाउने, उपभोक्ता, कृषक संगठन, अनुसन्धान केन्द्र र अन्य विचको समन्वयलाई मजबुत बनाउने ।
 अनुसन्धान केन्द्रहरुको प्राथमिकतामा पारिवारिक खेतीलाई राख्न प्रोत्साहन गर्ने ।
 ग्रामिण क्षेत्रमा महिलासंग हुने सवै प्रकारको भेदभावहरुको अन्त्यगर्न सुचना, वित्तियस्रोत र निर्णय गर्ने प्रकृयाको पहँुचमा बृद्धि गरि उनीहरुको सशक्तिकरण गर्ने ।
 युवाहरुलाई देशमा रहि दिगो विकासको संवाहक भएर कार्य गर्न प्रोत्साहन गर्ने र पारिवारिक खेतीगर्ने वातावरणको प्रवद्र्धन गर्ने ।

पारिवारिक खेतीदशकको विश्वब्यापी कार्ययोजनाका लक्ष्यहरुः
पारिवारीक कृषकहरुले विश्वलाई खुवाईरहेको छ र वातावरणको संरक्षण गरिरहेको छ । ग्रामिण क्षेत्रमा ८० प्रतिशत विश्वका गरिवहरु खाना तथा जीउनको लागि सुरक्षित रहेका छन् । यी तथ्यलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको संलग्नतामा सवै संलग्न राष्ट्रहरुको प्रतिनीधिहरुको सहकार्यमा पारिवारिक खेती कार्यक्रम+१० को लागि तलका ७ वटा स्तम्भहरु तथा उक्त स्तम्भहरुमा विभिन्न क्रियाकलापहरु प्रस्ताव गरिएका छन् ।

स्तम्भ १ पारिवारिक खेतीको विकासको लागि राम्रो नीतिगत व्यवस्था गर्न सवल वातावरण निमाण गर्ने ।
स्तम्भ २ पारिवारिक खेतीमा युवाहरुलाई सहयोग र दिगो रुपमा भावीपिडीमा रहने सुनिश्चितता ।
स्तम्भ ३ पारिवारिक खेतीमा लैङिक समतामा जोड दिने र ग्रामिण महिलाहरुलाई नेतृृत्वदायी भूमिकामा अगाडि वढाउने ।
स्तम्भ ४ पारिवारिक खतीमा संलग्न संघ, संगठनहरुलाई सवल, सक्षम वनाउने ।
स्तम्भ ५ पारिवारिक कृषकहरुको सामाजिक, आर्थिक, समावेशी तथा सम्मानपुर्वक र आरामदायी जीवनमा सुधार ।
स्तम्भ ६ पारिवारीक खेतीलाई दिगो र वातावरण मैत्रीखेतीको रुपमा विकासको लागि जोड दिने ।
स्तम्भ ७ पारिवारिक खेतीलाई सामाजिक अनवेशनको रुपमा सहयोग गर्ने ।

संयुक्त राष्ट्रसंघीय पारिवारिक खेती दशक र नेपाल
नेपालमा पनि पारिवारिक खेती दशकको विश्वब्यापी कार्यजोजना अनुसार कार्यक्रमहरुका कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्रीको संरक्षकत्वमा र सोही मन्त्रालयको सचिवज्यूको अध्यक्षतामा १७ निर्देशक समिति र नेपाल कृषि सहकारी केन्द्रिय संघ लि.को अध्यक्ष श्री खेम बहादुर पाठकज्यूको अध्यक्षतामा २९ वटा विभिन्न संघसंस्थाका अध्यक्ष÷प्रतिनिधीहरु सम्मिलित अन्तराष्ट्रिय पारिवारिक खेती दशक २०१९–२०२८ राष्ट्रिय कार्यान्वयन समिति निर्माण भएका छ । यसका साथै श्री केशव बडालज्यूको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत बनेको छ ।

निश्कर्षः
नेपाल कृषि प्रधान देश भएकोले देश सानो भए पनि दिगो विकास लक्ष्यको प्राप्तीमा ठूलो भूमिका खेल्न सक्छ । पारिवारिक खेतिको लागि स्पष्ट परिभाषित नीति र कार्यक्रम सहितको राष्ट्रिय योजना ल्याउन जरुरी छ । नेपालको कृषिमा आत्मनिर्भरता र गरीबि निवारणमा पारिवारिक खेतीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निश्चित भएकोले सरकार र सरोकारवालाहरुले चाँडै प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन जरुरी रहेको छ ।