हाउजेको मोटरसाइकल शोरुम इलाममा

हाउजेको मोटरसाइकल शोरुम इलाममा

इलाम , चैत २७
इलामममा हाउजे कम्पनीको मोटरसाईकलको सोरुम खुलेको छ । विश्वचर्चित जापानिज ब्राण्ड सुजुकीसँगको सहकार्यमा उत्पादित हाउजेको एन के मोटरसाईकलको सोरुम इलाम बजारमा संचालनमा आएको हो । सोरुमको इलाम नगरपालिका ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेले एक कार्यक्रमको बिच उद्घाटन गर्नु भयो । इलामका युवा व्यवसायी प्रेम राईले सञ्चालनमा ल्याएको राराहाङ अटोप्लाजाले आजदेखिनै मोटरसाईकलको बिक्री शुरु गरेको छ । बैदेशिक रोजगारको शिलशिलामा ५ बर्ष विदेशमा बसेर इलाम फर्किएपछि आफ्नै माटोको सेवा गर्न इलाममा सोरुम खोलेको सञ्चालक प्रेम राईले बताउनु भयो । डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने हाउजेकी बिजनेस हेड प्रमिला खत्रीले बताउनु भयो ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्डमा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ । रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ । बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध छन् ।
रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलरमा बाइक उपलब्ध छन् । हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ ।
हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ । बाइकमा भएको १४९।२ सीसीको इन्जिनले ८।८ किलोवाट पावर र ११।६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ ।
यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । नगदमार्फत खरिद गर्न चाहने ग्राहकले सिधै १० हजार रुपैयाँको छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लागि सो सुविधा समेत उपलब्ध छ । त्यसैगरी फाइनान्समा समेत बाइक खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।