logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • इलाम २ उपनिर्वाचन : मतगणना आइतबार बिहान सर्वदलीय बैठक पछि

    इलाम २ उपनिर्वाचन : मतगणना आइतबार बिहान सर्वदलीय बैठक पछि

    इलाम वैशाख १५ : इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार बिहानदेखि हुने भएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङ लगायतका केही मतदान स्थलका  मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि मतगणना भोलि बिहान सुरु गर्ने तयारी गरिएको हो ।
    मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार केही मतदान केन्द्रको मतपेटिका आज बिहान १/ २  बजेपछि मात्र आइपुग्ने सम्भावना छ ।
    मतपेटिका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम बिहान मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिनु भयो ।  इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले भोलि बिहान सर्वपक्षीय बैठक सकेपछि मात्र मतगणना गर्ने टुङ्गो लाग्ने बताउनु भयो ।



    निगरानी संवाददाता    
  • २०८१ बैशाख १५, शनिबार १७:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP