सवारी दुर्घटना हुँदा इलाममा एक जनाको मृत्यु

सवारी दुर्घटना हुँदा इलाममा एक जनाको मृत्यु

इलाम , बैशाख १९ : सवारी दुर्घटना हुँदा इलाममा एक जनाको मृत्यु भएको छ ।आज बिहान भएको दुर्घटनामा परी भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताउनुभयो ।
भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते हुनुभएकोले उपचारको लागि झापा पठाइएको प्रहरीले जनाएको छ । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो ।