logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इलाम २ उपनिर्वाचन : मतदान शान्तिपूर्ण रूपमा सम्पन्न , मतपेटिका ल्याइदै

    इलाम २ उपनिर्वाचन : मतदान शान्तिपूर्ण रूपमा सम्पन्न , मतपेटिका ल्याइदै


    इलाम बैशाख १५: इलाम २ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मत पेटिका गणना स्थलमा ल्याइदै छ । इलाम सदरमुकाम स्थित गौतम बुद्ध सभा गृहमा मत गणना गर्ने तयारी गरिएको छ । गणना स्थल बाट नजिकै को दुरिमा रहेका मतदान स्थलका मतपेटिका आइपुगेको छ । माङ्सेबुङ र चुलाचुली गाउँपालिकाको केहि स्थानबाट मतपेटिका आउन बाकी छ । राती करिब २ बजे सम्म मतपेटिका आइपुग्ने
    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । मतदान शान्तिपूर्ण सम्पन्न भएको प्रजिअ यादवले बताउनु भयो ।

    कुल १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेका छन । इलाम २ का ७९ मतदानस्थलका १ सय ४९ वटै मतदान केन्द्र रहेको छ । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र सहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  इलाम २ मा छ पालिकाका ४२ वडामा मतदान भएको हो ।



    निगरानी संवाददाता    
  • २०८१ बैशाख १५, शनिबार १६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP