इलाम २ उपनिर्वाचन : मतगणना ११ बजे बाट ,फाकफोकथुमबाट गणना थालिने (निर्णय सहित)

इलाम २ उपनिर्वाचन : मतगणना ११ बजे बाट  ,फाकफोकथुमबाट गणना थालिने (निर्णय सहित)

इलाम , बैशाख १६ : इलाम-२ उपनिर्वाचन सर्वदलीय बैठक सम्पन्न भएको छ । मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
फाकफोकथुमबाट गणना शुरु हुने निर्णय भएको छ ।। त्यसपछि चुलाचुली, माङ्सेबुङ गाउँपालिका माई, देउमाई र इलाम नगरपालिकाको गणना हुने निर्णय भएको छ । प्रत्येक वडाको गणनापछि परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
इलाम २ को (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।