logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • सूर्योदयमा १ अर्ब १९ करोड ५० लाख बराबरको बजेट

    सूर्योदयमा १ अर्ब १९ करोड ५० लाख बराबरको बजेट

    फिक्कल । सूर्योदय नगरपालिकाको ७ औ नगरसभाबाट पारित चालु आर्थिक बर्ष २०७७÷७८ को निति बजेट तथा कार्यक्रम सार्वजनिकिकरण सम्पन्न भएको छ । चालु आर्थिक बर्षका लागि विनियोजना भएको १ अर्ब १९ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरिएको हो ।

    कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री रामबहादुर राना भारत चिया निकासीमा समस्या रहेकाे बताए ।

    चियाको जस्तै इलाममा तल्लो क्षेत्रमा कफिको समेत संभावना रहेकाले खेतीसंगै उद्योग संचालन गर्न सकिने रानाले बताए । कोरोनाको कारण बैदेशिक रोजगारबाट सिप सहित फर्किएका युवाहरुलाई व्यवसायिक बनाउनका निम्ति प्रदेश सरकारले कृषि क्षेत्रमा लाग्न चाहनेहरुको लागि ५ लाख रुपैया ऋण दिन थालेको बताए । उनले ३ बर्षसम्मको व्याज सरकारले नै तिरिदिने भएकाले त्यो आन्तरिक रोजगारीको अवसर भएको रानाले बताए । उनले जनताको प्राथमिकताका आधारमा बजेट बनाउन सके समृद्धिको सपना चाडै पुरा हुनेमा विश्वास रहेको बताए ।

    कार्यक्रममा संविधानसभा सदस्य सूर्यबाला राई अर्का संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चा राप्रपा नेतृ एवम संविधानसभा सदस्य लिलादेवी श्रेष्ठ नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश सांसद धिरेन्द्र शर्मा रमणअर्की प्रदेश सांसद खिनु लङवा लिम्बु लगायतले बाेलेका थिए ।

    जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले सूर्योदय नगरपालिकालाई व्यवस्थित र उच्च शिक्षाको हबको रुपमा विकास गर्नुपर्ने बताए । नेपाली कांग्रेसका नेता प्रेमलाल चाम्लिङले राजनितिक आस्था भन्दा माथी उठेर निष्पक्ष काम गर्नु अहिलेको आवश्यकता रहेको धारणा राखे । कार्यक्रम समापन गर्दै नगर प्रमुख रणबहादुर राईले कृषि, शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याइएको बताए ।

    कार्यक्रममा नगरको कृषि, स्वास्थ्य, शिक्षा, पत्रकारिता सहकारी, खेलकुदका प्रतिभाहरु एवम जग्गादाताहरु सहित ३० भन्दा बढिलाई सम्मान एवम प्रशंसा पत्र प्रदान गरेको थियो । पत्रकारिता क्षेत्रमा नगर विकासमा भुमिका खेलेको भन्दै गोरखापत्र दैनिककी इलाम सम्वाददाता एवम नेपाल पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकाललाई सम्मानित गरेको छ ।
    नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख दुर्गादेवी भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् ।



    Avatar निगरानी    
  • २०७७ श्रावण १५, बिहीबार १७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP