logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • भारतले ४० प्रतिशत कर लगाए इलामका चिया कारखाना बन्द हुने

    भारतले ४० प्रतिशत कर लगाए इलामका चिया कारखाना बन्द हुने


    इलाम : नेपाली चियाको मुख्य बजार भारतले नेपाली चियमा भारतले चालीस देखि एक सय प्रतिशत सम्म कर (डियुटी)लगाउन लागेको सूचना आएपछि नेपालमै सबै भन्दा बढि चिया उत्पादन हुने इलामका उद्यमीहरु चिन्तीत भएका छन् ।
    उनीहरुले भारतले चिया नियातमा डियुटी लगाएमा नेपालको चिया कारखाना बनद हुने बताएका छन् । भारतमा नियातमा झण्झट थप्न लागेको भन्दै यतीवेला अर्थोडक्स चियाको राजधानी भनिने इलाको सूर्योदय नगरपालिकाको जनप्रतिनिध र चिया उद्यमीहरुको समूह अहिले प्रधानमन्त्री सहितलाई भेटेर फर्केपछि इलाकमका पत्रकारहरु संग कुरा गर्दै भारतीय संसदमा पेस भएको ‘विल’ पारित भएमा नेपालको चिया कारखाना बन्द हुने बताए ।
    चिया उद्यमिहरुको सस्था सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठले भारतले अघि सारेको विलको कारण नेपाली चियण संकटमा पर्न लागेको बताए । उनले चियामा भारतले लगाउन लागेको कर लगायतको समस्याको विषयम सरकार स्तरीय (जि टु जी) पहल गनु पर्ने बताए ।
    अध्यक्ष श्रेष्ठले चिया खेतीमा संलग्न २६ हजार परिवार कृषकको समस्या समाधान गर्न तत्काल पहल थाल्नुपर्ने बताए ।
    नेपालको ९० प्रतिशत अर्थोडक्स चिया इलाममा उत्पादन हुने गर्दछ । भारतले नेपाली चियालाई करको दायरमा ल्याउन पहल गरिरहेका भन्दै त्यसलाई रोक्न पहल गर्न टोलीले प्रधानमन्त्रीलाई अनुरोध गरेको एसोसिएसनका कोषध्यक्ष महेश अर्यालले जानकारी दिए । उनले भारतले सन् २०२३ सम्मामा भारतले नेपाली चिया रोक्न पहल गरिरहेको भन्दै सचेत हुने बेला भएको बताए । उनले भने ‘अहिलेको विल रोकिएपनि अर्को बाटोबाट चिया भारतमा विक्रकिो लागि रोक लगाउने दाव िगरे ।
    नेपाली चिया गुणस्तरहिन र कम मुल्यको कारण भारत र विश्व बजारमा नेपाली चियाले असर गरेको लगायतका आरोप लगाउँदै भारतका ३० सांसदले राज्य सभा अध्यक्ष र लोक सभाका अध्यक्षलाई प्रतिवेदन दिएपछि नेपाली चिया प्रसोधनकर्ता र चिया उत्पादक कृषक चिन्तीन बनेको सूर्योदय नगरपालिकाका मेयर रण बहादु राईले बताए । उनले भने ‘नेपालको चियालाई भारतको बजारमा ४० प्रतिशत भन्दा माथि कर लगाउने कुरा भारतको लोक सभामा र राज्य सभामा उठेको छ ।’
    इलाममा १३ हजार हेक्टर क्षेत्रमा चियाको खेती भइरहेको छ । इलाममा अर्थोडक्स, ग्रिन र इस्पेस चियाको उत्पादन हुने गरेको छ । यस चिया खेतीमा १६ हजार किसानको संलग्नता रहेको छ । ८० हजार भन्दा बढिलाई ग्रामिण रोजगारी प्रदान गरेको छ । इलाममा १५० भन्दा बढि उद्योग रहेको र यसको बार्षिक उत्पादन ६० लाख किलो रहेको एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठले बताए ।
    मेयर राईका अनुसार भारतको प्रयास सफल भएमा नेपाली चियालाई भारतीय बजारमा विक्रीका लागि ठूलो चुनौती आउने छ । उनले भने ‘यसल इलाम बाहेक झापामा उत्पादन हुने २ करोड २० लाख किलो चिया पनि प्रभावीत हुने छ ।’
    इलामले विश्व बजारलाई चाहिने सबैखाले अर्थोडक्स, ग्रिन तथा स्पेशल टि उत्पादन गरेर भारत लगायत अन्य देश हरुमा विक्री गरीरहेको छ ।
    यहाँको उत्पादन भएको चियाको मुख्य बजार भारत भएको र केहि कारखानाको नगन्य उत्पादन मात्र तेस्रो मुलुक उत्पादन हुने गरेको एसोसिएसनले जनाएको छ ।
    एसोशिएसनले भनेको छ ‘हालै मात्र भारतको राजय सभा र लोक सभामा नेपाली चियालाई करको दायरमा ल्याउन पहल भइरहेको र विश्व प्रख्यात इलाम चियालाई गुणस्तरहिन तुल्याउँदै आयातलाई अवरोध गर्न भारतको चिया निकाय सकृय रुपमा पेश भइरहेका छन् ।’
    एसोशिएसनले भारत सरकारको संसदबाट चियामा कर लगाउने विधेयक पारित भएम १३ प्रतिशत नेपालको व्यपार घाटालाई पुर्ती गर्दै आएको बैदेशिक मुद्रा आर्जन गर्दै आएको प्रमुख कृषि जन्य बस्तु चिया खेतीमा संलग्न १५० भन्दा बढि उदोग बन्द भई राष्ट्रको ठुलो लगानी धरासायी हुने दावी गरेको छ ।
    चिया खेतीमा आश्रीत १६ हजार कृषकहरु आय विहिन हुने व्यवसायीको दावी छ । भारतको प्रयास सफल भएमा ८० हजार भन्दा बढि चिया मजदुर वेरोजगार भई भयावह स्थितीको र्सिजना हुने एसोसिएसनले जनाएको छ । प्रतिनिधि मण्डलले समस्या जटिल नहुँदै यस समस्याको समाधान ‘जि टु जि’बाट मात्र सम्भव हुने भएकाले जतिसक्दो चाडो कुटनितिक प्रकृयाबाट सम्बोधन गर्न माग गरेको छ ।
    नेपालमा भारतमा उत्पादन भएको चियाको शुन्य दशमलव ७ प्रतिशत मात्र चिया आयात हुने गरेको छ । भारतको भन्सार एफएसएसएआई अनुपालन र भारत सरकारको सेट प्रोटोकल अनुसार परिक्षण गरि उचीत कागजात सहित चिया आयत गर्दछ । चिया तथा कफि विकास वोर्डका अनुसार आघिल्लो आर्थिक बर्षमा १ करोड १४ लाख ७२ हजार ८०१ किलो हरियो चिया विक्री गरेर ३ अर्ब ३८ करोड ३० लाख १३ हजार नेपाल भित्राएको थियो ।
    नेपाली चियालाई नराम्रो भन्ने भारतीय चिया व्यपारीले नेपाली चिया चोरी निकासी गरी दार्जिलिङ र आसमको नाममा विक्री गर्ने गरेको नेपाली व्यवसायीको दावी छ ।
    टोलीले भारतबाहेक तेस्रो मुलुक टर्की, इरान, रसिया, चिन, पाकिस्तान आदि देश हरुमा सरकार स्तरीय व्यपार सम्झौता गरेर बैकल्पीक बजारको व्यवस्था गर्न माग गरेको छ ।

    प्रतिनिधि मण्डलले यस क्षेत्रमा ९५ प्रतिशत किसान चियामा निर्भर रहेकाले नेपालको कृषि उत्पादनमा चिया खेतीलाई समेत कृषिमा समावेश गरी मुख्य उत्पादन हुने समयमा मलखादको आयातमा सहजिकरण गरी चिया किसानहरुलाई चिया क्षेत्रमा अभिप्ररीत गर्ने कार्यक्रम ल्याउन माग गरेको छ ।
    विसं १९२० सालमा इलामबाट चिया खेतीको सुरुवात भएको हो । विसं २०१६ सालमा वुधकरण टी स्टेट स्थापना भएपछि तराइमा पनि चिया खेतीको विस्तार भएको जानकारहरु बताउछन् ।
    देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यावसायिक चिया खेती गरिँदै आएको छ । नेपालमा सीटीसी, अर्थाेडक्स, ग्रीन टी लगायत उत्पादन हुँदै आएको छ । देशको २७ हजार हेक्टर क्षेत्रफलमा चियाखेती भइरहेको उचया तथा कफि विकास बोर्डले जनाएको छ ।
    नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानडा, जापान, चीन लगायतका मुलुकमा निकासी हुने गरेको छ ।
    यस अघि प्रधानमन्त्री पुर्व प्रधानमन्त्री तथा दलका नेताहरुलाई भेट गरेको टोलीले चियाको अहिलेको समस्या समाधान गर्न किसान स्तर देखि नै चियाको गुणस्तर निधारका लागि काम गर्नुपर्ने बताए । इलामको फिक्कालमा चिया उद्यामी, कृषक सहितको छलफल कार्यक्रममा चिया उद्यमी पुनम राईले भारतका चिया व्यवसायी र भारतीय मिडिया नेपाली चिया गुणस्तरहिन भएको प्रमाणीत गर्ने अभियानमा लागेको आरोप लगाए । उनले चिया कृषक, उद्यमी र सरकार मिलेर चियाको गुणस्तर सुधारमा लाग्नु पर्ने बताए । चिया तथा कफि विकास बोर्डका पुर्व सदश्य राईले भने ‘चालीस प्रतिशत भारतले डियुटी (कर) लगायतो भने नेपालको चिया उद्योग बन्द हुन्छ ।’
    चिया कृषक तेजनाथ वस्तीले चियाको गुणस्तरका लागि कारखानाहरुले गुणस्तरको मापदण्ड बनाउनु पर्ने सुझाव दिए । अर्का कृषक जिवन कार्कीले कारखानाले प्रशोधन कारखानाले मापदण्ड नबनाएको कारण गुणस्तरको समस्या आएको बताए ।
    नेपाली काग्रेसका सूर्योदय नगर सभापति जिवन नेपालले सरकार सत्ता र शक्तिको खेलमा लागेकाले किसान र उद्यमीको समस्या ओझेलमा परेको गुनासो गरे ।
    सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समितिका संयोजकक पेमा .उगेन लामाले दार्जिलिङको चिया बुडो भएकाले गुणस्तरका लागि नेपाली चिया मिसाएर भारतीय लोगोमा विक्री हुने गरेको बताए । उनले चियामा भारतले उत्पन्न गर्न लागेको अबरोधका विरुद्ध नगरपालिकाले व्यवसायी र उदमीको पक्षमा आवाज उठाउने बताए ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ भाद्र १, बुधबार ०५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP