logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • नर्सरीमै झाँङ बन्दै अलैची

    नर्सरीमै झाँङ बन्दै अलैची

    सञ्जीव नाछिरिङ । रोङ
    विभिन्न रोगका कारण सखाब भएको अलैची खेतीको आधा वगान पुनः स्थापना गर्न सफलता मिलेपनि अलैचीको विरुवा विक्री ठप्प भएपछि इलामका नर्सरी व्यवसायी मारमा परेका छन् ।
    रोङ गाउँपालिका ६ को यलम्बर अलैंची कृषि नर्सरी फर्मका सञ्चालक राजिव कुलुङले तीन रोपनी जमिनमा लगाएको एक लाख विरुवा जगाएका छन् । करिव ५ लाखको ‘जिर्मले’ भनिने जातको अलैची तयार िभएरपनि विक्री गर्न सकेका छैनन् । उनले सुनाए ‘पहिले विक्री भएकाले लगानी गरियो, अहिले लगानी नै डुव्यो ।’
    इलामका सबै गाउँपालिकामा किसानले प्रसस्त नर्सरी बगानहरु स्थापना गरेपनि अहिले नर्सरीमै झाङ बन्न थालेको रोङ गाउँपालिकाका अध्यक्ष सम्सेर राई बताउँछन् । रोङ गाउँपालिकाको सलकपुर क्षेत्रमा घरैपिच्छे नर्सरी स्थापना गर्ने चलन जस्तै बसेको थियो । पछिल्लो समय विरुवाको माग ह्वात्तै घट्दा धेरैको लगानी डुवेको सुर्योदय नगरपालिका ११ का नर्सरी सञ्चालक उमेश पौड्याल ।
    इलामको तल्लो भेगमा यस अघि मासिएको अलैची खेती किसानकै पहलमा पुनः स्थापनाको काम दु्रत गतिमा शुरुभएसगै विरुवाको माग बढेको थियो । इलामबाहेक विभिन्न जिल्लामा समेत पुग्ने विरुवाको माग यस बर्ष ठप्प जस्तै रहेको अलैची विकास केन्द्र फिक्कलले जनाएको छ ।
    इलामका किसानले केहि बर्ष देखि अलैचीको व्यवसायीक नर्सरी स्थापना गरेर इलाम सहित देशका विभिन्न क्षेत्रमा अलैचीका विरुवा पठाउने गरेका छन् । किसानहरुले बार्षिक दश लाख सम्मको विरुवा विक्री गर्ने गरका थिए ।
    पछिल्लो समयमा किसानले आफुलाई चाहिने नर्सरी आफै स्थापना गर्न थालेपछि यस पटक अलैचीको विरुवा भने विक्री नभएको कृषि ज्ञान केन्द्र इलामको विश्लेषण छ ।
    प्राविधिकहरुका अनुसार विउबाट उम्रेको अलैचीमा रोग निरोधक क्षमता बढि हुने भएपनि पछिल्लो समयमा किसानले अलैचीको झाँङबाटै अलैचीको प्रशार गर्ने गरेको कारण पनि विरुवा विक्री घटेको हो । विउबाट रोपेको अलैचीले ढिलो उत्पादन दिने भएकाले किसानहरुले झाँगको विरुवा रोप्ने गरेको कृषि प्राविधिकहरुको भनाई छ । झाँगबाट सारिएको विरुवामा मुलबोटमा रहेको रोग र किराको समस्या प्रशार हुने भएपनि किसानले त्यही विधिलाई बढि अपनाउने गरेको इलाम नगरपालिका ३ का कृषक चन्द्र खत्री बताउँछन् । इलामको अलैचीको विरुवा बाग्लुङ,दसिन्धुली, लमजुङ, पाल्पा, पाँचथर लगायतका स्थानमा माग हुने गरेको थियो ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ श्रावण २८, बुधबार १६:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP