इलाम : ६७ औँ सहकारी दिवसको अवसरमा मंगलबार इलाम सदरमुकाममा सम्पन्न कार्यक्रममा इलाममा १३ वटा सहकारी संस्था पुरस्कृत भएका छन ।
जिल्ला सहकारी संघको आयोजनामा भएको ६७ औँ सहकारी दिवसको कार्यक्रमको अवसरमा सम्मान पत्र दोसल्ला र उपहार सहित जिल्लाका १३ वटा सहकारीलाई पुरस्कृत गरिएको जनाइएको छ ।
इलाम नगरपालिकाको सुनगाभा बचत तथा ऋण सहकारी संस्था ,जागृति बचत तथा ऋण सहकारी संस्था र धारापानी दुग्ध सहकारी संस्था पुरस्कृत भएका छन । सन्दकपुर गाउँपालिकाको जमुना कृषि सहकारी संस्था, देउमाई नगरपालिकाको देउमाई बहुउदेश्य सहकारी संस्था, , चुलाचुली गाउँपालिकाको पाथिभरा बचत तथा ऋण सहकारी संस्था र माङ्सेबुङ गाउँपालिकाको महिला बहुउदेश्य सहकारी संस्था , सुर्योदय नगरपालिकाको महिला सिर्जना बहुउदेश्य सहकारी संस्था र रत्नचौक चिया उत्पादक सहकारी संस्था, रोङ गाउँपालिकाको पानकोला बचत तथा ऋण सहकारी संस्था, माईजोगमाई गाउँपालिकाको नवतरत्न महिला कृषि सहकारी संस्था, फाकफोकथुम गाउँपालिकाको थामडाँडा पशुपालन सहकारी संस्था , माई नगरपालिकाको दानाबारी कृषि सहकारी संस्था पुरस्कृत भएको जिल्ला सहकारी संघका सचिव मोहन विष्टले बताउनु भयो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन ) का पुर्व कार्यकारी प्रमुख प्रकाश प्रसाद पोखरेलले सहकारीमा सुशासन , प्रविधि र एकीकरण बारे कार्यपत्र प्रस्तुत गर्नु भयो ।
जिल्ला सहकारी संघका अध्यक्ष लिला थापाको अध्यक्षता इलाम नगर प्रमुख केदार थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रमम सम्पन्न भयो । कार्यक्रम सुरु हुनु अघि इलाम बजार स्थित रत्नचौकबाट शुरु भएको प्रभातफेरी गौतमवुद्ध सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया