logo
  • २०८२ आश्विन २३ | Thu, 09 Oct 2025
  • बेरुजु सुधारको बाटोमा इलामको सन्दकपुर सहित ६ पालिका

    बेरुजु सुधारको बाटोमा इलामको सन्दकपुर सहित ६ पालिका

    इलामः महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वित्तीय लेखापरीक्षणको ६२ औं प्रतिवेदनले इलामको सन्दकपुर गाउँपालिका सहित ६ पालिका बेरुजु सुधारको बाटोमा देखिएका छन् ।
    इलामको सन्दकपुर, रोङ, फाकफोकथुम, माइजोगमाई गाउँपालिका सहित इलाम र देउमाई नगरपालिकाले गत बर्षको तुलनामा बेरुजु रकम फराकिलो अन्तरले घटाएका छन् ।
    गत बर्षको भन्दा ९२ दशमलब ५ प्रतिशत कम बेरुजु देखिएको सन्दकपुर गाउँपालिकाको यस बर्ष ४२ लाख ५८ हजार मात्र बेरुजु देखिएको छ । सो पालिकामा गत बर्ष ५ करोड ७२ लाख २८ हजार बेरुजु रहेको थियो ।
    सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतका अनुसार पालिकामा अहिले देखिएको वेरुजु नियमित गर्नुपर्ने बेरुजु मात्रै हो । उनले भने ‘यो सबै कार्यपालिकाले निर्णय गर्दा सकिन्छ ।’ उनले ऐन, नियम, निर्देशीकाको पालन गरेर विधि अनुसार काम गर्दा बेरुजु नियन्त्रण गर्न सकिने बताए ।
    उनले यसै बर्ष बेरुजु शुन्यमा झार्ने लक्ष सहित काम गरे पनि सम्भव नभएको सुनाए । उनले भने ‘आगामी बर्ष बेरुजु शुन्य पार्ने बाटोमा थप प्रयास गर्दै छौ ।’ उनले गत बर्ष जिल्ला स्तरीय विभिन्न मञ्चमा बेरुजु घटाउने प्रतिवद्धता जागर गरेका थिए । उनले भने ‘ गत बर्ष विभिन्न फोरममा सन्दकपुरको बेरुजुको विषयमा गम्भिर चिन्ता व्यक्त भएको थियो, महालेखाको पछिल्लो प्रतिवेदनले सबैको चिन्तालाई सम्बोधन गरेको महसुस गरेका छौ ।’

    ============================================================================
    सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतका अनुसार पालिकामा अहिले देखिएको वेरुजु नियमित गर्नुपर्ने बेरुजु मात्रै हो । उनले भने ‘यो सबै कार्यपालिकाले निर्णय गर्दा सकिन्छ ।’ उनले ऐन, नियम, निर्देशीकाको पालन गरेर विधि अनुसार काम गर्दा बेरुजु नियन्त्रण गर्न सकिने बताए ।
    ==============================================================================
    गत बर्ष बेरुजु ५ दशमलब ५१ प्रतिशत रहेको सन्दकपुरको बेरुजु यस बर्ष शुन्य दशमलब ४६ प्रतिशत रहेको छ ।
    इलामको मालपोत कार्यालयमा बस्दा मालपोत कार्यालयको सुधारका लागि महत्वपुर्ण काम गरेको राउतले जिल्ला प्रशासन कार्यालयमा पनि ‘सरकारी अड्डा’लाई ‘जनमैत्री’ बनाउने प्रयास गरेका थिए । उनले भने ‘मालपोत वा जिल्ला प्रशासनमा एकल निर्णय चल्ने भएपनि यहाँ समन्वय र सहकार्यले भुमिका खेल्दो रहेछ ।’
    उनले २०७४ देखिको पालिकाको करिब १६ करोड बेरुजु पनि आधा भन्दा बढि घटाएको जानकारी दिए । उनले भने ‘कर्मचारी र जनप्रतिनिधिको सकारात्मक प्रयास भएमा बेरुजु सुन्य बनाउन सकिने रहेछ ।’
    इलामको बेरुजु ३९ प्रतिशतले घट्यो
    इलामका स्थानिय तहको बेरुजु गत बर्षको भन्दा ३९ दशमलब ६७ प्रतिशतले बेरुजु घटेको छ । बेरुजु घटाउन इलामको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका, माईजोगमाई गाउँपालिकाले योगदान गरेका छन् ।
    इलामको मांसेबुङ गाउँपालिकाले गत बर्षको भन्दा यस बर्ष ५२५ प्रतिशत बढि बेरुजु आर्जन गरेको छ । गत बर्ष ४० लाख ७४ हजार बेरुजु रहेको गाउँपालिकामा यस बर्ष २ करोड ५४ लाख ६४ हजार बेरुजु देखिएको छ ।
    इलामको सूर्योदय नगरपालिका गत बर्षको तुलनामा यस बर्ष बेरुजुको बोझ बोक्ने दोस्रो पालिका बनेको छ । गत बर्ष १७ लाख ७१ हजार बेरुजु भएको सूर्योदय नगरपालिकाको यस बर्ष ६१ लख ७९ हजार बेरुजु देखिएको छ ।
    यसैगरी माई नगरपालिकाले गत बर्षको भन्दा १७७ प्रतिशत बेरुजु थपेको छ । गत आर्थिक बर्ष २ करोड ३४ लाख २५ हजार बेरुजु देखिएको माई नगरपालिकामा यस बर्ष ६ करोड ४९ लाख ७९ हजार बेरुजु देखिएको छ । माई नगरपालिका जिल्लामै सबै भन्दा बढि बेरुजु देखिएको नगरपालिका हो ।
    यसैगरी चुलाचुली गाउँपालिकाको गत बर्षको भन्दा ७१ प्रतिशत बढि बेरुजु देखिएको छ । गतबर्ष १ करोड ४१ लाख १४ हजार बेरुजु देखिएको चुलाचुलीमा यस बर्ष २ करोड ४१ लाख ४४ हजार वेरुजु देखिएको छ ।
    ===========================================================================
    इलामको मांसेबुङ गाउँपालिकाले गत बर्षको भन्दा यस बर्ष ५२५ प्रतिशत बढि बेरुजु आर्जन गरेको छ । गत बर्ष ४० लाख ७४ हजार बेरुजु रहेको गाउँपालिकामा यस बर्ष २ करोड ५४ लाख ६४ हजार बेरुजु देखिएको छ ।
    इलामको सूर्योदय नगरपालिका गत बर्षको तुलनामा यस बर्ष बेरुजुको बोझ बोक्ने दोस्रो पालिका बनेको छ । गत बर्ष १७ लाख ७१ हजार बेरुजु भएको सूर्योदय नगरपालिकाको यस बर्ष ६१ लख ७९ हजार बेरुजु देखिएको छ ।
    ============================================================================
    सन्दकपुर गाउँपालिका पछि माईजोगमाई गाउँपालिकाले गत बर्षको भन्दा ९२ दशमलब २९ प्रतिशत बेरुजु घटाएको छ । यस बर्ष माईजोगमाईको बेरुजु ८३ लाख ६ हजार छ । गत बर्ष १० करोड ७८ लाख ४८ हजार बेरुजु थियो ।
    इलाम नगरपालिकाले पनि गत बर्षको तुलनामा ५१ दशमलब ४४ प्रतिशत कम बेरुजु आर्जन गरेको छ । गत बर्ष ६ करोड ९६ हजार बेरुजु देखिएको इलामको पुरानो नगरपालिकामा यस बर्ष २ करोड ९१ लख ८० हजार वेरुजु देखिएको छ ।
    कृषि र आर्थिक विकासमा प्रयास गरिरहेको रोङ गाउँपालिकाले पनि गत बर्षको भन्दा ५० प्रतिशत कम बेरुजु आर्जन गरेको छ । गत बर्ष रोङ गाउपालिकाको बेरुजु ५ करोड ४० लाख ८७ हजार वेरुजु थियो । यस बर्ष २ करोड ७२ लाख ९१ ह्जार बेरुजु देखिएको छ ।
    इलामको देउमाई नगरपालिकाले पनि यस बर्ष ३२ दशमलब ३६ प्रतिशत बेरुजु घटाएको छ । गत बर्ष २ करोड ५२ लाख ९६ हजार वेरुजु रहेको देउमाई नगरपालिकाको यस बर्ष १ करोड ७१ लख ८ हजार बेरुजु देखिएको छ ।
    फाकफोकथुम गाउँपालिकाले पनि गत बर्षको भन्दा २७ दशमलब ६८ प्रतिशतले बेरुजु घटाएको छ । गत बर्ष २ करोड ४९ लाख ९६ हजार बेरुजु देखिएको फाकफोकथुममा यस बर्ष १ करोड ८० लाख ७६ हजार बेरुजु देखिएको छ । इलामका स्थानिय तहको कुल बेरुजु २२ करोड ४९ लाख ८५ हजार रहेको छ । यो गत बर्षको भन्दा ३९ दशमलब ६७ प्रतिशतले कमी हो । गत बष इलामका स्थानीय तहको कुल बेरुजु ३७ करोड २९ लाख ३४ हजार थियो ।



    निगरानी    
  • २०८२ जेष्ठ ४, शनिबार १४:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP