logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • नेपालमा आज राष्ट्रिय धान दिवस

    नेपालमा आज राष्ट्रिय धान दिवस

    इलाम , असार १५

    आज असार १५, राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन । नेपालमा परम्परागत रूपमा दहीचिउरा खाने दिनका रूपमा मनाइन्छ भने आजकै दिन राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।आजको दिन कृषकहरूले राेपाइँ महाेत्सव/राेपाइँ जात्राका रूपमा मनाउने गरेका छन् ।

    मानो रोपेर मुरी फलाउने महिनाको मध्यमा पर्ने असार १५ काे नेपालमा विशिष्ट महत्व छ । कृषिप्रधान देश भएकाका कारण तथा प्रायः देशैभर धानखेती र राेपाइँ हुने अनि यस समय कृषकहरूकाे व्यस्तता र माहाैल नै अर्कै हुने गरेकाले पनि असार १५ विशेष मानिन्छ ।नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुनेगर्दछन् । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।



    निगरानी    
  • २०७७ असार १५, सोमबार १०:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP