logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • अशोक शर्माले घोषणा गरे ‘अल्लारे २’, २०७७ को दशैँमा प्रदर्शन

    • निगरानी
    • २०७६ आश्विन १०, शुक्रबार १३:११ गते
    अशोक शर्माले घोषणा गरे ‘अल्लारे २’, २०७७ को दशैँमा प्रदर्शन

    काठमाडौँ । ‘रातो टिका निधारमा’ निर्देशक अशोक शर्माले नयाँ फिल्म घोषणा गरेका छन् । झन्डै २२ वर्ष अगाडी बनेको ‘अल्लारे’को सिक्वेल निर्माणको घोषणा ‘रातो टिका निधारमा’को अन्तिममा गरिएको छ ।

    गत वर्षको दशैँमा ‘जय भोले’ रिलिज गरेका शर्माले ‘अल्लारे २’को लागि २०७७ को दशैँ बुक गरेका छन् । यो दशैँको अवसर पारेर शुक्रबारदेखि ‘रातो टिका निधारमा’ अल नेपाल रिलिज भैसकेको छ ।

    ‘अल्लारे’मा शर्माको निर्देशन र अभिनय थियो । साथै, राजेश हमाल, करिश्मा मानन्धर, निर शाह, सुभद्रा अधिकारी, नारायण त्रिपाठी, श्रीषा कार्कीलगायतले पनि अभिनय गरेका थिए ।

    शुक्रबारदेखि रिलिज भएको ‘रातो टिका निधारमा’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायातका कलाकारको अभिनय छ । अल्लारे २ भने कलाकारहरुको बारेमा केही बताईएको नभएता पनि रातो टिका निधारमा को दर्शक प्रतिकृया हेरेर अंकित शर्मालाई चाहीं खेलाउँने सोचमा निर्देशक अशोक शर्मा रहेको उनका जानकारहरुले बताएका छन् ।



    निगरानी    
  • २०७६ आश्विन १०, शुक्रबार १३:११ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP