राजिप न्यौपाने
सूर्योदय : इलामको सूर्योदय नगरपालिका ८ मा मिस सूर्योदय सिजन १ को प्रशिक्षण आइतबार शुरु भएको छ । सूर्योदय होटल एसोसिएसनको आयोजना गरेको कार्यक्रममा सूर्योदय नगरपालिका भित्रका २१ युवती सहभागी छन् ।
पन्द्र दिन सम्म चल्ने तालिममा व्यवसायीक रुपमा दक्ष प्रशिक्षकहरुले आधारभूत मोडलिङ कक्षाहरू, सञ्चार कौशल, आत्मरक्षा कक्षाहरू, आत्म–विश्वास निर्माण कक्षाहरू सञ्चालन गर्ने एसोसिएसनका सचिव युवराज प्रधानले बताए ।
तालिममा सामाजिक, राजनीतिक, लैङ्गिक, जातीय, पर्यटन, समसामयिक मामिलाहरूमा छलफल हुने छ । शारीरिक फिटनेस कार्यक्रमहरू, आतिथ्य, शिष्टाचार, योग र पोषणका कक्षाहरु समेत सञ्चालन गर्ने आयोजकले जनाएको छ । तालिममा वित्तीय साक्षरता, लोक सेवा, अध्ययन, व्यापार उद्यशिलता, बैंकिंग लगायतका कक्षा सञ्चालन गरिने आयोजकले जनाउको छ ।
कार्यक्रमका विजेताले नगद एक लाख सहित विभिन्न ब्रान्डमा बैतानिक दूत तथा विज्ञापन खेल्ने अवसर, म्युजिक भिडियो खेल्ने अवसर पाउने छन् । प्रथम रनरअपले नगद रु ५० हजार र सेकेण्ड रनरअपले नगद रु २५ हजार प्राप्त गर्नेछन् ।