अष्ट्रेलियामा छायांकन गरिएको भिडियो ‘पुर्याई दिउँला ट्रेण्डिङमा’

अष्ट्रेलियामा छायांकन गरिएको भिडियो ‘पुर्याई दिउँला ट्रेण्डिङमा’

काठमाडौं । पछिल्ले नेपाली सांगितिक बजारमा नयाँ नयाँ गीतहरु दिनप्रतिदिन सार्वजनिक हुँदै आएको छ । त्यसैक्रममा अर्को नयाँ गीत ‘पु¥याईदिउँला ट्रेण्डिङमा’ सार्वजनिक भएको छ ।
‘पुर्याई दिउँला ट्रेण्डिङमा’ गीतमा गायक कृष्ण भट्टराई र गायिका टीका प्रसाईको सुमधुर स्वरमा रहेको छ ।


डीपी खनालको शब्द रहेको ‘पुर्याई दिउँला ट्रेण्डिङमा’ गीतलाई विश्वार अधिकारीले संगीत तथा संगीत संयोजन गरेका हुन् ।विप्लव अधिकारीले मिक्सिङ तथा मास्टरिङ गरेका यस गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।


गीतको म्युजिक भिडियो सविन किश्वार मैनालीको निर्देशनमा तय भएको छ । गीतलाई शैलेस हमालले नै कोरियोग्राफि गरेका छन् । जसमा शैलेस हमाल, सञ्जु भण्डारी, रिया शर्मा, गौरव घिमिरे, मनिल पुरीको शसक्त अभिनय तथा नृत्य रहेको छ ।


गीतको म्युजिक भिडियोलाई सविन किश्वार मैनालीले छायांक्न तथा सम्पादन गरेका हुन् ।
गीतको म्युजिक भिडियो अष्ट्रेलियामा छायांकन गरिको छ । निकै मेहनत गरि निर्माण गरिएको यस म्युजिक भिडियोमा अष्ट्रेलियाको निकै सुन्दर दृष्यहरु कैद गरिएको छ ।