logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • इलामका स्थानीयबासीलाई विपद व्यवस्थापन बारे अभिमुखिकरण 

    इलामका स्थानीयबासीलाई विपद व्यवस्थापन बारे अभिमुखिकरण 

    इलाम , ११ चैत  :इलामका स्थानीयबासीलाई विपद व्यवस्थापन बारे अभिमुखिकरण  गर्न थालिएको छ । भविष्यमा  आउन सक्ने विपद बाट मानवीय र भौतिक क्षति हुन नदिन रोकथाम र पुर्वतयारीको लागि स्थानीय बासीलाई तालिम दिइएको हो ।


    विपद व्यवस्थापनको आधारभुत तीन दिवसीय तालिम  इलाम नगरपालिका ६  मा  बुधबारदेखि सुरु  भएको छ । चेतनशील महिला समुह इलामकाे आयाेजनामा भएको तालिममा इलाम नगरपालिका ६ का  स्थानीयबासी सहभागी भएका छन । विपद ब्यवस्थापन सम्बन्धि नागरिकलाई जानकारी गराई विपद पुर्व तयारीमा रहन सचेत गराउने उदेश्यले तालिमको आयोजना गरिएको  चेतनशील महिला समुहकी अध्यक्ष यमुना देवानले बताउनु भयो । स्थानीयलाई तालिम दिई  आफ्नो घर , गाउँ , टोलमा आउन सक्ने विपत्तको पुर्वतयारी , विपत्तको बेला र विपत्त पछि के केसरी तयारी गर्न सकिन्छ भन्ने बारे सचेतना जगाउन सकिने देवानले बताउनु भयो ।


    कार्यक्रमको उद्घाटन गर्दै  नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुर्गा श्रेष्ठ (मदन ) बिपदको पुर्वतयारीको लागि सबै नागरिकले तालिम लिन आवश्यक रहेको बताउनु भयो । विपद पुर्व , विपदको बेला र विपद पछि आफु आफ्नो परिवार र टोल छिमेकमा समेत सहयोग गर्न सक्ने भएकोले तालिम महत्त्वपूर्ण रहेको बताउनु भयो । विपदको पुर्वतयारी नहुदा समस्या भएको उहाँको भनाई छ ।

    टेवा काठमाडौकाे आर्थिक  सहयाेग तथा सहयात्रा नेपाल संस्था , इलाम  नगरपालिका वडा नम्बर ६ वडा कार्यलय र सशस्त्र प्रहरी बल इलामको  समन्वयमा तालिम संचालन गरिएको आयोजकले जनाएको  छ । तालिममा सशस्त्र  प्रहरी बल इलामका प्रमुख एसपी केशवराज प्याकुरेल , इनिस्पेक्टर योगहाङ पतङगवाले सहजीकरण गरीरहनु भएको छ । तालिममा इलाम नगरपालिका ६ का १०  वटा टोलविकास संस्थाका युवा , महिला , ज्येष्ठ नागरिक लगायत ४० जना सहभागी भएका  छ्न ।


    उद्घाटन  कार्यक्रममा  सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवा , इलाम नगरपालिका ६ का वडा सदस्यहरु प्रेम राई र विनादेवी लिम्बु  लगायतको उपस्थिति रहेको थियोे ।  गत असोज १८ र १९ को अविरल बर्षा पछि आएको विपदले ३९ जनाको मृत्यु भएको थियो भने १२ अर्बको भौतिक क्षति भएको सरकारी तथ्यांक छ ।  पुनर्निर्माण र पुनस्थापनाको काम भईरहेको भए पनि बजेट अभावमा प्रभावकारी काम हुन सकीरहेको छ ।



    निगरानी    
  • २०८२ चैत्र ११, बुधबार २३:१० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP