इलाममा छ सुरक्षाकर्मी सहित ९ जनामा कोरोना संक्रमण

Share This
  •  
  • 451
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    451
    Shares
इलाममा छ सुरक्षाकर्मी सहित ९ जनामा  कोरोना संक्रमण

इलाम साउन ११

इलाममा आज एकै दिन नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना सशस्त्र प्रहरी छन भने एकजना नेपाल प्रहरीका छन । उनीहरु मध्ये एक जना नेपाल प्रहरीका क्वारेन्टिनमा खटिएका थिए । एक जना नगरका कर्मचारी रहेका छन । जिल्ला स्वास्थ्य कार्यलय इलामका कोभिड १९ फोकल पर्सन विमल बरालका अनुसार इलाम नगरपालिकाको नयाँ बसपार्कमा निमार्ण गरिएको होल्डिङ क्वारेन्टिनमा रहेका इलाम नगरपालिका वडा ७ का पाँच जना , वडा ६ र ९ का एक एक जनामा संक्रमण भएको हो । सोही क्वारेन्टिनमा रहेका झापाका एक जनामा संक्रमण भएको बरालले बताउनु भयो । माइनगरपालिकाको क्वारेन्टिनमा रहेका वडा ४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २६ देखि ४० वर्ष सम्मका पुरुषहरु रहेका छन । ५९ जनाको पिसिआर परिक्षण गरिएकोमा नौजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । उनीहरुको गएको साउन ८ गते स्वाब संकलन गरिएको जनाइएको छ । यो सँगै इलाममा संक्रमितको संख्या ३५ पुगेको छ । संक्रमित मध्ये ३१ जना पुरुष र ४ जना महिला रहेका छन । संक्रमित सबैलाई विराटनगरको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा लगिने बरालले बताउनु भएको छ ।